back
CTIZAN AD

कारको ठक्करबाट घाइते बालकको मृत्यु

वि.सं.२०८२ जेठ २ शुक्रवार

747 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको सितामढी घर भई हाल काठमाडौँ–३१ कात्यानी चोक तीन वर्षीय बालक शिवाङ्श झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “कात्यानीबाट भिमसेनगोलातर्फ जाँदै गरेको कात्यानी बस्ने ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको बा प्र ०१–०३१ च ९५६३ नम्बरको सुजुकी डिम्याक्स गाडीले ठक्कर दिँदा केएमसी अस्पताल सिनामङ्गल लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।”
सवारी चालक श्रेष्ठ, सवारी साधन र कागजपत्र प्रहरी बृत्त वानेश्वरको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

वि.सं.२०८२ जेठ २ शुक्रवार १५:२४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...