काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न । विभिन्न खालको परिकार बनाएर खानी गर्दछौ । अझै कतिपय घरमा आलु बिनाको तरकारी नै हुन्न । आलु बिना तरकारी नै मिठो हुन्न । तर, सबै आलुको परिकार मान्छेको शरिरको लागि फाइदा जनक नभएको पाइन्छ । आलुको फाइदासँगै आलुको बेफाइदा पनि थुप्रै छन् । आलु फाइदाजनक हुने नहुने कुरा आलु कसरी पकाइएको छ भनिन् कुरामा पनि निभर रहन्छ ।
आलु काटेर पानीमा डुबाउँदाको फाइदा
खाद्य र औषधि प्रशासन ९एफडिए०का अनुसार आलुलाई तासेर १५ देखि ३० मिनेट जत्ति पनिमा राख्नुपर्दछ । हामीले जब आलुलाई पकाउन वा फ्राई गर्न थाल्छौ आलुमा एक्रिलामाइड नामक रसायन उत्पन्न हुन थाल्छ । जसले गर्दा आलुसँगै एक्रिलामाइड नामक रसायन पनि हामीले खाईरहेका हुन्छौ । तर हामीले पानीमा राखेको आलुमा भने एक्रिलामाइड नामक रसायनको उत्पन्न हुन् सम्भावना कम हुन्छ । एक्रिलामाइड क्यान्सर र दीर्घकालीन रोगसँग सम्बन्धित रहेको छ ।
आलु काटेर फ्रिजमा राख्नु भएन
हामी आलु काटेर बढी भयो भने भोली वा बेलुका यही हालेर पकाउनु हुन्छ भनेर फ्रिजमा राख्ने गर्छौ । यो चलन नेपालका अधिकांश घरहरूमा रहेको पाइन्छ । जब हामी आलुलाई फ्रिजमा राख्छौ चिसोको कारणमा आलुमा आउने स्टार्चको कारण आलुलाई पकाउँदा वा फाई गर्दा एक्रिलामाइड नामक रसायन बढ्ने गर्दछ त्यसैले गर्दा फ्रिजमा आलु राख्नु हुँदै । ।
आलुको कस्तो परिकार खानु हुँदै
१ आलुलाई लामो समयसम्म तेलमा पकाएको जस्तो चिप्स, फ्रेन्च फाई जस्ता परिकारमा भने एक्रिलामाइड बढी रहेको पाइन्छ ।
२ आलुको कलर ब्राउन खैरो रङ्गको छ भने त्यो परिकरमा एक्रिलामाइडको मात्र बढी भएको पाइन्छ ।
३ आलुको कलर गोल्डेन पहेलो छ भने त्यसमा एक्रिलामाइडको मात्रमा कमी भएको पाइन्छ ।
आलुका खानको फाइदाहरू
१ आलुको बोक्रासँगै खाद आलुबाट फाइबरको मात्रमा बढी पाइन्छ । भिटामिन सी, भिटामिन बि ६ र भिटामिन बि २ जस्ता भिटामिनको स्रोतको रूपमा आलुलाई लिन सकिन्छ ।
२ आलुका पोटासियम र म्याग्नेसियम जस्तो खनिजहरू पनि आलुमा पाइन्छ ।
३ केही मात्रमा आलुमा फ्याट र प्रोटिन पनि रहेको हुन्छ जसले हामीलाई असर नगर्ने पाइनछ ।
४ आलु खाएपछि हामीलाई भोक कम लाग्ने हुन्छ ।
५ आलु खादा पाचन प्रक्रियालाई समेत फाइदा गर्छ ।
स्वास्थ्यकाे लागि राम्रो परिकार
उसिनेको, एयर फ्राई गरेको, माइक्रो वेभ गरेका, बेकिङ्ग गरेको, सादेको वा अचार बनाएको, चोखा बनाएको, पोलेको यस्तो परिकारहरूमा हामीलाई चाहिने मात्रमा पोषण प्राप्त गर्न सकिन्छ । साथै हानिकारक एक्रिलामाइड जस्तो रसायन पनि हुँदैन ।
स्वास्थ्यकाे लागि नराम्रो परिकार
डिप फ्राई वा प्यान फ्राई गरेको, आलु चिप्स, आलुको भुजिया, फ्रेन्च फ्राई जस्ता परिकारमा एक्रिलामाइड पनि हुने भयो र साथै आलुबाट पाउने पोषण तत्त्वको मात्रमा कमी हुने भयो ।
(स्रोत डाक्टर ओम मूर्ति अनिल )
वि.सं.२०८२ जेठ २ शुक्रवार १५:३७ मा प्रकाशित





























