back

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

वि.सं.२०८२ जेठ २ शुक्रवार

291 

shares
IME Limited
NTC AD

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ आजदेखि देशव्यापी रुपमा प्रदर्शन भएको छ । सो चलचित्र आज एकैपटक दुई सयभन्दा बढी ‘शो सङ्ख्या’मा प्रदर्शन भएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए ।

चलचित्रका निर्देशक खनालका अनुसार ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्याससहित विभिन्न कवितामार्फत स्थापित बद्धिराम चपाईं अर्थात् बुद्धिसागरको कथामा आधारित भई निर्माण गरिएको सो चलचित्रमा विशेषगरी काठमाडौँ उपत्यकाभित्रका घरबेटी र डेरावालको कथाव्यथालाई समेटिएको छ ।

“चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) मा गैरचलचित्रकर्मी दर्शकले पनि यसलाई मन पराउनुभएको छ । त्यसकारण म चलचित्र भवनसम्म पुग्ने दर्शकले चलचित्र मन पराउनुहुनेमा विश्वस्त छु । यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ”, निर्देशक खनालले भने ।

निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गर्नुभएको थियो । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उहाँले जानकारी दिए । किनकी ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् ।

अभिनेता लामिछानेले चलचित्रको पटकथामा राम्रा पात्रहरूको उदयसँगै न्यायोचित अवतरण रहेको जानकारी दिनुभयो । आफैँ लेखक भएकाले उनले लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार भएर पनि पटकथा सुन्दर लागेको प्रतिक्रिया दिए ।

“पात्रलाई चलचित्रमा जसरी सुरूआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन”, अभिनेता लामिछानेले भने ।

‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकको भूमिकासँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ ।

 

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:२८ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खा का...

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...