back
CTIZAN AD

अबको राजावादीको प्रदर्शन : हाई अलर्ट रहन आईजीपीको निर्देशन

वि.सं.२०८२ जेठ ४ आइतवार

987 

shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले जेठ १५ गते हाइ अलर्ट (उच्च सतर्क) रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज बिहान नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै गणतन्त्र दिवसका दिन राजावादीले गर्ने भनेको प्रदर्शनलाई लिएर हाई अलर्ट रहन निर्देशन दिएका हुन् ।

उनले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’ प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी अवस्थामाा रहन निर्देशन दिए ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले यहि जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछ । सो दिनको प्रदर्शनमा सहभागी हुन राजावादीहरुले उपत्यका बाहिरका जनतालाई पनि आह्वान गरेका छन् ।

गत चैत १५ गते तिनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाएका थिए भने ठाउँठाउँमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए ।

वि.सं.२०८२ जेठ ४ आइतवार १४:३४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...