
काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको बृहत खानेपानी आयोजनाको काम सुरु भएको छ फेदीखोला गाउँपालिका–१, र पोखरा महानगरपालिका–२१ का स्थानीयको घरघरमा धारासहित खानेपानी पु¥याउने उद्देश्यका साथ आयोजनाको शुभारम्भ गरिएको हो ।
आयोजनाको पहिलो चरमा फेदीखोला मट्टीखान बृहत खानेपानी आयोजना अन्तर्गत उपभोक्ता समिति गठन गरिएको छ । भेलाले सामाजिक व्यवसायिक व्यक्तित्व बिष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।
उपझोक्ता समिति गठन कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाको महत्वपूर्ण गौरवको योजना भित्र फेदीखोला मट्टीखान बृहत खानेपानी आयोजनाको काम अगाडि बढाइएको बताए । उनले संघिय सरकारको ९० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत गरेर ३८ करोड ५० लाख लागत अनुमानित लागत साझेदारीमा खानेपानी निर्माण हुने बताए । अध्यक्ष सुववेदीले यस वर्ष १५ करोड ५० लाखको श्रोत सुनिश्चित भएर ठेक्का प्रकृया अगाडी बढेको समेत बताए ।
उनले भने, ‘भालुपहाडबाट तीन स्टेपमा पानी नुवाकोटमा लगिन्छ । त्यहाँ तीन लाख लिटरको टंकीमा पानी जम्मा गरेर घरघर पु¥याइन्छ । भ्रममा नपर्नुहोला मोटर प्रयोग गरेर पानी तान्न सम्भव नहुने भएकाले पम्पको प्रयोग हुने छ ।’
‘विगतमा स्रोतको अभावले योजना अन्यौलमा थियो । संघिय सरकारबाट धेरै बजेट प्राप्त हुँदैनथ्यो । सरकार फेरबदलका कारण कहिले बजेट कटिने, कहिले नपर्ने हुन्थ्यो । यसपटक टिपिआार समेत तयार गरेर त्यसैको अधारमा आयोजना अगाडि बढेको छ ।
मट्टीखान टोल विकास समिति अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको भेलामा गाउाँपालिकाकी उपाध्यक्ष देऊ कुमारी गुरुङ, वडा अध्यक्ष, सदस्य लगायतका जनप्रतिनिधि, स्थानीय उपभोक्तहरुको सभागिता रहेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका स्वकीय सचिव वुद्धिसागर पोखरेलले बताए ।
वि.सं.२०८२ जेठ ९ शुक्रवार १६:२४ मा प्रकाशित