back
CTIZAN AD

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

वि.सं.२०८२ जेठ ९ शुक्रवार

1.4K 

shares

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको बृहत खानेपानी आयोजनाको काम सुरु भएको छ फेदीखोला गाउँपालिका–१, र पोखरा महानगरपालिका–२१ का स्थानीयको घरघरमा धारासहित खानेपानी पु¥याउने उद्देश्यका साथ आयोजनाको शुभारम्भ गरिएको हो ।

आयोजनाको पहिलो चरमा फेदीखोला मट्टीखान बृहत खानेपानी आयोजना अन्तर्गत उपभोक्ता समिति गठन गरिएको छ । भेलाले सामाजिक व्यवसायिक व्यक्तित्व बिष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।

उपझोक्ता समिति गठन कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाको महत्वपूर्ण गौरवको योजना भित्र फेदीखोला मट्टीखान बृहत खानेपानी आयोजनाको काम अगाडि बढाइएको बताए । उनले संघिय सरकारको ९० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत गरेर ३८ करोड ५० लाख लागत अनुमानित लागत साझेदारीमा खानेपानी निर्माण हुने बताए । अध्यक्ष सुववेदीले यस वर्ष १५ करोड ५० लाखको श्रोत सुनिश्चित भएर ठेक्का प्रकृया अगाडी बढेको समेत बताए ।

उनले भने, ‘भालुपहाडबाट तीन स्टेपमा पानी नुवाकोटमा लगिन्छ । त्यहाँ तीन लाख लिटरको टंकीमा पानी जम्मा गरेर घरघर पु¥याइन्छ । भ्रममा नपर्नुहोला मोटर प्रयोग गरेर पानी तान्न सम्भव नहुने भएकाले पम्पको प्रयोग हुने छ ।’

‘विगतमा स्रोतको अभावले योजना अन्यौलमा थियो । संघिय सरकारबाट धेरै बजेट प्राप्त हुँदैनथ्यो । सरकार फेरबदलका कारण कहिले बजेट कटिने, कहिले नपर्ने हुन्थ्यो । यसपटक टिपिआार समेत तयार गरेर त्यसैको अधारमा आयोजना अगाडि बढेको छ ।

मट्टीखान टोल विकास समिति अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको भेलामा गाउाँपालिकाकी उपाध्यक्ष देऊ कुमारी गुरुङ, वडा अध्यक्ष, सदस्य लगायतका जनप्रतिनिधि, स्थानीय उपभोक्तहरुको सभागिता रहेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका स्वकीय सचिव वुद्धिसागर पोखरेलले बताए ।

 

वि.सं.२०८२ जेठ ९ शुक्रवार १६:२४ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...