काठमाडौँँ । सिद्धार्थ राजमार्ग डेडिकेटेड २ लेनमा विस्तार गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
लामो समय देखि नेताहरुले सिद्धार्थ राजमार्गलाई २ लेनमा बनाउने भनेर चुनावी नारामा मात्र सिमित बनाएका थिए । सिद्धार्थ राजमार्ग स्याङ्जासहित पाल्पा, पर्वतको लाइफ लाइनका रुपमा हेरिने गरिन्छ ।
वि.सं.२०८२ जेठ १५ बिहीवार १७:२७ मा प्रकाशित






























