back
CTIZAN AD

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

वि.सं.२०८३ वैशाख २७ आइतवार

372 

shares

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ । यहाँ विसं २०७७ मा तीन ‘प्याकेज’ मा निर्माण सुरु भएको थियो । २९ किलोमिटर सडकमध्ये हालसम्म दुई प्याकेजका काम सम्पन्न भएका छन्, तर टीकापुरको अस्नेहरी हुँदै खक्रौलासम्मको ११ किलोमिटर सडक पाँच वर्षसम्म सम्पन्न हुन नसक्दा समस्या भएको हो ।

स्थानीय निरा काफ्लेले निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न नहुँदा धुलो र सडकमा रहेका गिट्टीले निकै समस्या भइरहेको गुनासो गरे । “धुलोका कारण कार्यालय पुग्दासम्म लुगा र अनुहार कुरुप बन्ने गरेको छ । सडकमा गिटी हालेर छोडेको पनि महिनौँ भयो, जसले गर्दा गाडी चलाउन निकै गाह्रो हुन्छ । यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ”, उनले भने ।

समयमा काम सम्पन्न नहुँदा सडक आसपासमा बसोबास गरिरहेका नागरिकलाई झनै सास्ती छ । गर्मीयाममा धुलो तथा वर्षायाममा हिलोले स्वास्थ्यमा असर र दुर्घटनाको जोखिम रहेको स्थानीय सुन्दरलाल चौधरीले बताए । “गाडी गुड्दा उड्ने धुलो घरभित्रसम्म पुग्छ । त्यहीँ धुलो खानेकुरामा मिसिन्छ”, उनले भने, “पटकपटक ताकेता गर्दा सरोकार भएका पक्षले ध्यान दिँदैनन् । वर्षौंदेखि मारमा परेका छौँ ।”

विसं २०७७ असार १४ गते सम्झौता भएर २०७९ पुस १३ गते सम्पन्न गर्नुपर्ने आयोजनाको म्याद तीनपटक थप भइसकेको छ । अन्तिमपटक थपिएको म्याद पनि गत फागुन २५ गते सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यान्वयन कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले जानकारी दिएका छन् ।

रु ३३ करोड २० लाख ६६ हजार ६३० को लागतमा निर्माण सुरु भएको योजनाको काम रायमाझी लाग्वा जगदम्बा जेभीले गर्दै आएको छ । केही वर्ष अर्को ठेकेदारमार्फत आयोजनाको काम गरे पनि समयमा सम्पन्न नभएपछि जेभी आफैँले काम गर्ने कम्पनीका निर्देशक भरत रायमाझीले जानकारी दिएका छन् । “अरुको भर पर्दा काममा ढिलाइ भएको हो । अब आफैँ खटिन्छौँ”, उनले भने ।

यस्तै, टीकापुर नगरपालिका–७ सत्ती हुँदै भजनी नगरपालिका—३ ठेकिपुरसम्मको साढे १० किलोमिटर सडकको अवस्था झनै खराब छ । हुलाकी राजमार्गमा पर्ने यो सडकको निर्माण ठेक्का सम्झौता पनि २०७७ सालमै भएको हो । चार ‘प्याकेज’मा ठेक्का भएको आयोजनाको तेस्रो ‘प्याकेज’सम्मको काम सम्पन्न भइसकेको छ । समग्रमा सडकको प्रगति ५० प्रतिशत रहेको जनाइएको छ ।

यस खण्डमा कालिका जोशी जेभीले रु ३२ करोड ६२ लाख ३९ हजार ६३८ मा ठेक्का लिएको थियो । भजनी नगरपालिका—८ का कालुराम पाण्डेले यहाँ पनि ठेकेदारको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको बताए ।

कालिका जोशी जेभीका निर्देशक गणेश जोशीले विगतमा भुक्तानीमा समस्या हुँदा समयमा काम सम्पन्न गर्न नसकिएको जानकारी दिए ।

वि.सं.२०८३ वैशाख २७ आइतवार १५:०५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...