back
CTIZAN AD

दुई बालिकाको मृत्यु रहस्यमय

वि.सं.२०७४ जेठ २१ आइतवार

741 

shares

२१ जेठ,रत्ननगर (चितवन)  । दक्षिण चितवनको माडीको रामराज्यपुरस्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको भनिएको घटना रहस्यमय बनेको छ ।

कर्तव्य गरेर उनीहरुको ज्यान गएको भन्दै माडीमा स्थानीयले आज प्रदर्शन गरेपछि घटना रहस्यमय बनेको हो । उनीहरुले घटनाको अनुसन्धान गरी दोषिलाई तत्काल कारबाही गर्नसमेत माग गरेका छन् । बालिकाको शरीरका विभिन्न ठाउँमा चोट देखिएको र रगतसमेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ ।

भरतपुरमा पनि विभिन्न १९ सङ्घसंस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

अधिकारकर्मी अम्बिका मुडभरीले घटनाको प्रकृति हेर्दा बलात्कारको आशङ्का रहेको भन्दै प्रहरीले यथाशक्य चाँडो दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दिपशिखा परियार र सात वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अबस्थामा फेला पारिएको थियो । उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।

अहिले मृतक बालिकाको शवपरीक्षण भए पनि प्रतिवेदन प्राप्त भइनसकेको र घटनाको अनुसन्धान भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ जेठ २१ आइतवार १५:५९ मा प्रकाशित

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...