back
CTIZAN AD

आयोगको निर्णय सच्याउन माग

वि.सं.२०७४ जेठ २१ आइतवार

918 

shares

 २१ जेठ, काठमाडौँ । युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ वडाको पुनःमतदान गर्न गरेको निर्णय त्रुटीपूर्ण रहेकाले सच्याउन माग गर्दै रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् ।

उक्त वडामा पुनःमतदान गरिए निर्वाचन आयोगले गरेको चुनावप्रतिको विश्वसनियता कम हुने हुँदा त्यसलाई सच्याउन माग गरिएको छ ।

युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेलले जनताले मतदानको माध्यमबाट जनप्रतिनिधि छनोटका लागि गरेको अभिव्यक्तिलाई निष्पक्ष रुपमा लागू गर्ने काम निर्वाचन आयोगको भएकाले सो स्थानमा पुनः मतगणना गराउन आग्रह गर्नुभयो ।

युनियनका अध्यक्ष नवीना लामाले निर्वाचन आयोगले गरेको निर्णयले दीर्घकालमा गलत परम्पराको नजिर बसाल्नेमा चिन्ता व्यक्त गर्नुभयो । जुलुसमा सहभागीले जनमतको सम्मान गर्नुपर्ने, विधि र कानुनी शासनको अभ्यास गर्नुपर्ने, मानवअधिकारको प्रत्याभूति गर्नुपर्नेलगायत प्रचार सामग्री बोकेका थिए ।

यसैबीच राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले भनपा–१९ पुनःमतदान गर्ने आयोगको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले आज एक विज्ञप्ति जारी गरी आयोगले राजनीतिक प्रभावमा परेर उक्त निर्णय गरेको भन्दै असन्तुष्टी जनाउनुभएको छ ।

प्रतिष्ठानले आयोगको निर्णयले निर्वाचन पद्धति र प्रणालीमा नै दूरगामी असर गर्ने र जनताको अभिमतलाई दुरुत्साहित गर्ने भएकाले आफ्नो निर्यणमा पुनःविचार गर्न आयोगसँग आग्रह गरेको छ । रासस

वि.सं.२०७४ जेठ २१ आइतवार १५:५९ मा प्रकाशित

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

त्रिवेणी (रुकुम पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...