back
CTIZAN AD

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

वि.सं.२०८३ साउन १ शुक्रवार

264 

shares

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज पनि वार्ता हुँदै छ । बिहीबार साँझ पनि सरकारले मिटरब्याज पीडितसँग सिंहदरबारमै वार्ता गरेको थियो ।

यही असार २५ गते जनकपुरबाट मार्चपासहित काठमाडौं हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर वार्ता अघि बढाएको थियो ।

गृहमन्त्री सुधन गुरुङ बारामै गएर सङ्घर्ष समितिसँग विभिन्न चरणमा वार्ता गरेपछि सरकारसँग अन्तिम सहमतीको लागि सङ्घर्ष समितिका पदाधिकारी हिजो काठमाडौं आएका छन् ।

सङ्घर्ष समितिका बाँकी आन्दोलनकारी भने अहिले पनि निजगढमै बसेर खबरदारी गरिरहेका सङ्घर्ष समितिकी सल्लाहकार सरस्वती मिश्रले जानकारी दिइन् ।

निजगढमा भएका विभिन्न चरणका वार्तामा गृहमन्त्री गुरुङ मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना बनाउन सहमत भएका जनाइएको छ ।

गृहमन्त्री गुरुङ र आन्दोलनरत मिटरब्याजपीडितबीच निजढमा जुटेको सहमतिलाई आजको वार्ताले अन्तिम रूप दिने जनाइएको छ ।

वि.सं.२०८३ साउन १ शुक्रवार १३:१३ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...