मुस्ताङ । पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा आज संयुक्त साइकल तथा घोेडा ¥याली आयोजना गरिएको छ ।
जलवायु सङ्कटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पु¥याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक प्रथम साइकल तथा घोडा ¥याली आयोजना गरिएको हो ।
घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकलयात्री टोली मुस्ताङमा यहाँ सहभागी भएका गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार पहिलो पटक आयोजना गरिएको साइकल ¥यालीमा २३ जिल्लाका ३६२ जनाले उत्साहजनक रूपमा सहभागिता जनाएका छन् । “हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रवद्र्धन गर्नु हो, दूरदराजमा रहेका गाउँलाई समेत साइकल तथा घोडा ¥यालीले चिनाउने हाम्रो ध्येय हो”, अध्यक्ष लालचनले भने, “हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साइकल टोली मुस्ताङमा आउनुभएको छ, कार्यक्रममार्फत जलवायु सङ्कट न्यूनीकरण र कार्बन उत्सर्जन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौँ ।”
समुन्द्री सतहदेखि तीन हजार मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागीहरू निकै नै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकलयात्रा गर्न आएको जानकारी दिए । यहाँको पर्यटन प्रवद्र्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको विकासमा टेवा पु¥याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको उनले बताए । “हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउँनु अहोभाग्य हो । यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन संस्कृतिको विकासका साथै जलवायु सङ्कट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य हो”, राइडर सापकोटाले भने ।
साईकल चढ्ने संस्कृतिले मानवस्वास्थ्य सहयोग पुग्ने, कार्बन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पु¥याउने साइक्लिङ क्लब नेपालगञ्जका सल्लाहकार रमेश मल्लले बताए । “हामी त १५० मिटरको उचाइमा थियौँ, यहाँको उचाइ त तीन हजारभन्दा बेसी रहेछ । केही अक्सिजनको कमी महसुस भए पनि यहाँको सौन्दर्यले सबै बिर्साइदिएको अनुभूति भएको छ”, उनले भने । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पु¥याउने मल्लको भनाइ छ ।
स्थानीय कर्म गुरुङले जलवायु सङ्कट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने यस खालको कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह भएको धारणा राखे । “मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो”, उनले भने, “पछिल्लो समय जलवायु सङ्कटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष क्षति परिरहेको छ ।”
यसअघि गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा ¥यालीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । सहभागी टोलीलाई मुस्ताङकोे जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीयले स्वागत गरेका थिए ।
गाउँपालिकाअन्तर्गतका पाँचवटै वडाका गाउँ परिक्रमा गर्ने गरी कुल २५ किलोमिटर दूरी तय गरिएको थियो । ¥याली पाँचवटै वडा परिक्रममा गरी गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिनुभयो । ¥यालीमा ३६२ साइकल र ३० वटाभन्दा बढी घोडाको प्रयोग भएका थिए ।
वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:१५ मा प्रकाशित






























