back
CTIZAN AD

बाँके, रुपन्देही र अर्घाखाँचीमा बुद्धिजीवीको नयाँ नेतृत्व चयन

वि.सं.२०८२ असार ८ आइतवार

2.3K 

shares

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला सम्मेलन र नया नेतृत्व चयनका प्रक्रिया अघि बढेका छन् । नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य प्रभुराम चौधरीका अनुसार लुम्बिनीका रुपन्देही, बाँके र अर्घाखाँचीमा बुद्धिजीवीको नयाँ नेतृत्व चयन भएका हुन् ।

बाँकेको नेपालगन्जबाट प्राप्त समाचार अनुसार नेपाल बुद्धिजीवी संगठन बाँकेको दोस्रो जिल्ला सम्मेलनले अध्यक्षमा कृष्णप्रसाद अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्र निकट बौद्धिक जनवर्गिय संगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी संगठनले बाँकेमा कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

सो समितिको वरिष्ठ उपाध्यक्षमा नारद पुरी, महिला उपाध्यक्षमा चरित्रा शाह, उपाध्यक्षमा बासु शर्मा, सचिवमा मुना हमाल, सहसचिवमा अजयकुमार वैश्य, ओमप्रकाश शर्मा, शेरबहादुर विक, कोषाध्यक्षमा प्रमिला शाही र सदस्यहरुमा कुलप्रसाद पौडेल, ओमप्रसाद डाँगी, महेन्द्र खत्री, मोहन सोनकर, गणेश थपलिया, तीर्थ बिक, राम मनोहर खतिक, चन्द्रबहादुर बिक, तर्कबहादुर शाह, सुवास कार्की रहेका छन् ।

नेपाल बुद्धिजीवी संगठन बाँकेका उपाध्यक्ष नारद पुरीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पाटी बाँके जिल्ला इन्चार्ज पूर्णकुमारी सुवेदी, बाँके पार्टीका अध्यक्ष नरेन्द्र्र पाण्डे जेम्स, संगठनका केन्द्रीय सदस्य प्रभुराम चौधरी तथा तीर्थ ज्ञवाली, तारा रोकाय, रेगबहादुर भण्डारी, डिल्ली बराल लगायत अतिथि रहेका थिए । जैकृष्ण न्यौपानेको संयोजकत्वमा गठित निर्वाचन समितिले नया समिति घोषणा गरेको थियो ।

यसैगरी रुपन्देहीको तिलोत्तमाबाट प्राप्त जानकारी अनुसार नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको सातौं जिल्ला सम्मेलनले मेघराज आचार्यको अध्यक्षतामा २५ सदस्यीय समिति निर्वाचित गरेको छ ।

प्रमख अतिथि नेकपा (माओवादी केन्द्र) का सचिव चन्द्रप्रसाद खनाल बलदेव, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र लुम्बीनीका अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य राम परियार, जिल्ला संयोजक निर्मल जीसी र नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य लोक बस्याल लगायतको आतिथ्यता तथा डा. कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सो सम्मेलनले उपाध्यक्षमा प्रदीप पाण्डे, हिमा थापा र नेत्रलाल पाण्डे, सचिवमा कौशलराज गौतम, सहसचिवमा डा. चन्द्रबहादुर थापा, लोकराज घिमिरे तथा सदस्यहरुमा लक्ष्मी नेपाल, मदन कुमार पुन, गणेश पाण्डे, चित्रबहादुर सुबेदी, पार्वती अधिकारी, ईन्द्रराज गैरे, लेखनाथ खनाल, तारानाथ आचार्य, देवबहादुर रंगाथी, श्रीराम पौडेल, पुर्णप्रसाद डुमे्र, हरी पौडेल र गुनाखर भट्टराई लगायत रहेका छन् ।

यसैगरी अर्घाखाँचीबाट प्राप्त समाचार अनुसार नेपाल बुद्धिजीवी संगठन अर्घाखाँचीको तेस्रो सम्मेलनबाट अध्यक्षमा बुद्धिप्रसाद मिश्र सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका पुर्व सदस्य चन्द्रबहादुर खड्का (उज्ज्वल) को प्रमुख आतीथ्यता, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार बि.क र केन्द्रीय सदस्य छम कुमारी खनालको बिशिष्ट आतिथ्यता, पार्टी जिल्ला संयोजक राजेन्द्र भुसाल, पार्टी प्रदेश सदस्य राधा नेपाली, नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य तथा प्युठान र अर्घाखाँची इन्चार्ज सुशील पोख्रेलको विशेष आतिथ्यता, तथा बुद्धिप्रसाद मिश्रको अध्यक्षता, शालिकराम खनालको स्वागत मन्तव्य र धर्मराज भुसालको सन्चालनमा सम्पन्न सो सम्मेलनले बुद्धि प्रसाद मिश्र अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ ।

सो समितिको उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिवमा धनिस्वर न्यौपाने, सहसचिवमा हुमलाल, पाण्डे, कोषाध्यक्ष गंगा घिमिरे तथा सदस्यहरुमा विष्णुप्रसाद आचार्य, लक्ष्मि के.सी, विष्णुुप्रसाद बन्जाडे, सरसता आचार्य, कमलप्रसाद भुसाल लगायत निर्वाचित भएका छन् ।

लुम्बिनीका यी तीनवटै जिल्लामा सम्पन्न कार्यक्रमका अतिथिहरुले आफ्नो बौद्धिक क्षमताका विविध विधा र माध्यमद्वारा पार्टीले लिएको नीति, विचार, कार्यदिशा र आगामि कार्ययोजनालाई सफल बनाउन, पार्टीको हरेक योजनालाई जनतासम्म पु¥याउने काममा लाग्न र पार्टीको समेत सल्लाहाकारको भूमिका निर्वाह गर्न संगठनलाई सुझाव दिएका थिए ।

वि.सं.२०८२ असार ८ आइतवार १४:५८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...