back
CTIZAN AD

‘लालीबजार’ मा स्वस्तिमा

वि.सं.२०८२ असार १० मंगलवार

630 

shares

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।

अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताईन् । उनले भनिन“अघिल्ला चलचित्रको तुलनामा बयसपटक फरक स्वस्तिमा देख्नुहुनेछ । अभिनेत्रीका रुपमा हामीलाई फरक काम गर्ने इच्छा हुन्छ तर, त्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह कमै पाइन्छ । यसपटक कथावस्तुसहित समग्र विषय उपयुक्त भएकाले काम गर्न लागेकी हुँ ।”

सार्वजनिक पहिलो झलकमा उनी गर्भवतीको चरित्रमा देखिने भएको छ । कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले मनोरञ्जनसँगै सामाजिक विषयलाई चलचित्रमा देखाइने जानकारी दिए। उनले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितिकेका छन् । यस चलचित्र ‘लालीबजार’ का निर्देशक तथा यम थापाले आइरहेकाभन्दा भिन्न विषयलाई पर्दामा ल्याउन लागिएको बताए । “यो विषय भिन्न छ, हामीले अहिले सबै कुरा खुलाउन सक्दैनौँ । तर, स–परिवार हेर्न मिल्ने हाम्रो समाजकै एउटा महत्वपूर्ण विषयलाई समेटेर चलचित्रको कथा तयार गरिएको छ । यसअघिका भन्दा यो चलचित्र अलि भिन्न बनाउन सक्दो प्रयास हुनेछ,” निर्देशक थापाले भने ।

निर्माता बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्नुहुने सो चलचित्रमा प्रदीप भट्टराईले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नुहुने छ । उक्त चलचित्र आगामी फागुन १ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

वि.सं.२०८२ असार १० मंगलवार १५:३१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...