back
CTIZAN AD

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

वि.सं.२०८२ असार १० मंगलवार

561 

shares

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

युक्रेनले रुसले आफ्नो भूभागमा दर्जनौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको र राजधानी किएभमा १० जनाको ज्यान गएको बताएको एक दिनपछि यो घटना भएको हो ।

तीन वर्षको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू रोकिएका छन् भने लगभग तीन हप्ताअघि किएभ र मस्कोबीचको अन्तिम प्रत्यक्ष बैठक र कुनै थप वार्ता निर्धारित गरिएको छैन ।

“शत्रुको आक्रमणको परिणामस्वरूप पाँच वर्षीय बालक, ५२ वर्षीय पुरुष र ८४ वर्षीया महिलाको मृत्यु भएको छ”, सुमीको क्षेत्रीय अभियोजक कार्यालयले भनेको छ, “दुई १७ वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित थप छ जना घाइते भएका छन्, सात आवासीय भवनहरू ध्वस्त भएका छन् भने २२ घर र छवटा सवारी साधन क्षतिग्रस्त भएका छन् ।”

सुमी क्षेत्रका सैन्य प्रशासनका प्रमुख ओलेग ग्रिगोरोभले एउटा शव ध्वस्त घरको भग्नावशेषबाट निकालिएको बताए ।

“आक्रमणले विभिन्न परिवारका मानिसहरूको ज्यान लियो । तिनीहरू सबै एउटै सडकमा बस्थे । तिनीहरू आफ्नो घरमा सुत्न गए तर रूसी ड्रोनहरूले सदाका लागि उनीहरूको निद्रामा बाधा पु¥यायो”, उनले भने।

रूसी ड्रोन हमलामा खार्किवमा पाँच जना घाइते भएका छन् भने दनिप्रोपेट्रोभस्क क्षेत्रमा अन्य चार जना घाइते भएको अधिकारीहरूले टेलिग्राममा बताएका छन् । (राससएएफपी) 

वि.सं.२०८२ असार १० मंगलवार १६:२४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...