तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशेष कर्म प्राप्तिको योग छ। सामाजिक जिम्मेवारी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । आँटेको काम सिद्ध हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । नयाँ कामको योजना बन्नेछ । भौतिक साधन जुट्नाले काममा सहजता आउनेछ । व्यापार बढ्नुका साथै मनग्य लाभ हुनेछ। पेसा–व्यवसायले उचाइमा पुर्याउनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सम्भावना र अवसर खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरू समेत टाढा हुने सम्भावना देखिन्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त भइरहनेछन् । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।२०८२ असार १५ गते, आइतबार २९ जुन २०२५०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य
वि.सं.२०८२ असार १५ आइतवार ०७:१४ मा प्रकाशित



























