back
CTIZAN AD

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार

वि.सं.२०८२ असार १५ आइतवार

615 

shares

काठमाडौँ । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको हो । यसअन्तर्गत अहिले दुई समूह बनाएर मुलुकका विभिन्न स्थानमा प्रचाप्रसारका कार्यक्रम भइरहेका छन् ।

‘स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई गन्तव्य परिचयात्मक भ्रमण’ र ‘रोड सो’ कार्यक्रममार्फत प्रदेशका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि प्रचारप्रसारमूलक गतिविधि सञ्चालन भइरहेको पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले जानकारी दिए ।

पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ पत्रकारलाई प्रदेशका पर्यटकीय गन्तव्यको भ्रमण गरिरहनुभएको जनाउँदै उनले पर्यटन वर्ष निर्देशन समितिका सदस्य राजन दङ्गालको नेतृत्वमा रोड सोमार्फत मुलुकका विभिन्न स्थानमा परिचयात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रम भइरहेका बताए ।

शुक्रबारदेखि सुरु भएको भ्रमण कार्यक्रम सोमबारसम्म जारी रहने जनाउँदै बरालले नेपालसहित सिक्किमका एक, विहारका चार, पश्चिम बङ्गालका तीन गरी १७ पत्रकारको सहभागितामा पर्यटकीय गन्तव्यको पहिचान, अवलोकन र प्रचारप्रसार भइरहेको उल्लेख गरे ।

निर्देशक समितिका सदस्य बरालका अनुसार हालसम्म सुनसरीको रामधुनी मन्दिर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धरानका विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा, मठमन्दिर, धनकुटाको ओरेञ्ज सिटी, तेह्रथुमको लालिगुँरास नगरपालिकाको चोत्लुङ पार्कलगायत स्थानको भ्रमण भइसकेको छ ।

“धनकुटाको ओरेञ्ज सिटी दुई वटा टोलको संयोजन गरी बनाइएको छ, सुन्तला बढी फल्ने भएकाले सुन्तला किसानलाई प्रोत्साहन गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओरेञ्ज सिटी निर्माण गरिएको पाइयो”, उनले भने ।

आज भोजपुरको मुन्दुम ट्रेल, हलेसी मन्दिरलगायत स्थानको भ्रमण गरिने होटल व्यवसाय महासङ्घ, कोशी प्रदेशका महासचिवसमेत रहेका बरालले जानकारी दिए । पर्यटन वर्षको प्रचारप्रसार र पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्र आयोजना भइरहेका बताउँदै उनले यस वर्ष प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिए ।

यसैबीच समितिका सदस्य दङ्गालको नेतृत्वमा यही असार ११ गतेदेखि मुलुकका विभिन्न स्थानमा रोड सोका कार्यक्रम भइरहेका छन् । उक्त कार्यक्रम असार १७ गतेसम्म जारी रहने बताउँदै दङ्गालले हालसम्म काठमाडौँमा दुई, ललितपुरमा दुई, पोखरामा एक, नारायणगढमा एक र हेटौँडामा एउटा कार्यक्रम सम्पन्न भइसकेका जानकारी दिए ।

उनका अनुसार चालु आवमा पर्यटन, वन तथा वातावरणअन्तर्गत रु १० करोड बजेट विनियोजन भएको थियो । आगामी आवका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन वर्षका लागि रु १० करोड बजेट विनियोजन गरेको बरालले जानकारी दिए ।

“त्यसमध्ये रु चार करोड ४७ लाख मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय स्थानको पहिचानलगायत क्षेत्रमा खर्च गर्नेछ । बाँकी रकम पर्यटनसम्बन्धी काम गरिरहेका निजी क्षेत्रमार्फत खर्च गरिने छ”, उनले भने ।

वि.सं.२०८२ असार १५ आइतवार १४:४९ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...