काठमाडौं । गत जेठ महिनामा सबैभन्दा बढी बीमालेख जारी गर्ने बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कमा त्यस्तो देखिएको हो । उसले जेठ महिनामा मात्र करिब ३२ करोड ६० लाख रुपैंयाँ बराबरको ४० हजार चार सय ३१ वटा बीमालेख जारी गरेको छ ।
त्यस्तै जेठ महिनामा सबैभन्दा बढी बीमालेख जारी गर्नेमा क्रमशः शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट, सिद्धार्थ प्रियिमर, सगरमाथा लुम्बिनी, एनएलजी, आइजीआइ प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स कम्पनी, सानिमा जिआइसि, प्रभु इन्स्योरेन्स, दि ओरिएन्टल, राष्ट्रिय बीमा कम्पनी तथा नेशनल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

जेठसम्ममा शिखर एक नं.मा कायमै, राष्ट्रिय बीमा र नेशनल इन्स्योरेन्स सबैभन्दा कम्जोर
चालुआर्थिक वर्षको ११ महिना जेठसम्ममा निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर इन्सयोरेन्स एक नम्बरमा कायमै रहेको छ । यो अवधीमा कम्पनीले करिब पाँच अर्ब रुपैंयाँ बराबरको दुई लाख ७५ हजार तीन सय ५४ वटा बीमालेख जारी गरेको छ ।
त्यस्तै सरकारको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले करिब एक अर्ब ३२ करोड रुपैंयाँ बराबरको एक लाख ५६ हजार २३ वटा बीमालेख जारी गर्दै अन्तिमबाट दोस्रो भएको छ भने भारतीय बीमा कम्पनीको शाखाको रुपमा रहेको नेशनल ईन्स्योरेन्स कम्पनीले करिब ९८ लाख रुपैंयाँ बराबरको २६ हजार एक सय ८६ बीमालेख जारी गर्दै अन्तिममा परेको छ । त्यसपछि क्रमशः सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, आइजीआइ प्रुडेन्सियल, नेको, एनएलजी, दि आरिएन्टल, युनाइटेड अजोड, सानिमा जिआइसि, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स रहेका छन् ।
नेपालमा हाल चौध वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् भने तिनीहरुले विभिन्न सात शिर्षकमा वीमालेख जारी गर्दै आएका छन् ।
वि.सं.२०८२ असार १५ आइतवार १५:५६ मा प्रकाशित






























