back
CTIZAN AD

राष्ट्रियसभाः विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल जारी

वि.सं.२०८२ असार १५ आइतवार

678 

shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा विभिन्न १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।

अध्यक्ष नारायणप्रसाद दाहालले ती मन्त्रालयत विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव नआएको जानकारी गराए । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरू तुलसाकुमारी दाहाल, सुरेश आलेम मगर, नारायणदत्त मिश्र, उदयबहादुर बोहरा, सोनाम ग्याल्जेन शेर्पा, झक्कुप्रसाद सुवेदी, किरणबाबु श्रेष्ठ, गोमादेवी तिमिल्सिना, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, नारायणदत्त भट्ट, राजेन्द्रलक्ष्मी गैरे, जगप्रसाद शर्मा र दुर्गा गुरुङले भाग लिए ।

उनीहरूले आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन, स्वास्थ्य पूर्वाधारको विकास, व्यापार घाटा न्यूनीकरण तथा किसानका समस्या समाधान गरी उत्पादन वृद्धिको योजना ल्याउन सरकारलाई सुझाव दिए ।

वि.सं.२०८२ असार १५ आइतवार १६:३५ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...