back
CTIZAN AD

यस्तो छ भारत विरुद्ध खेल्ने नेपालको सुरुवाती एघार

वि.सं.२०७४ जेठ २३ मंगलवार

840 

shares

nepal२३ जेठ,  काठमाडौँ । नेपाल भारत मैत्रीपुर्ण फुटबल खेल आज हुदै छ । एफसी एसियन छनोटको तयारी स्वरुप नेपालले भारत सँग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार आज बेलुका भारतको मुम्बईस्थित अँधेरी स्पोर्टस कम्प्लेक्सको मैदानमा हुँदै छ । मैत्रीपुर्ण खेलको लागि २१ गत नै नेपाली फुटबल टोली भारत गएको थियो । खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस टु तथा स्टार स्पोर्टस टु एचडीबाट हुनेछ ।
भारतविरुद्ध खेल्ने सुरुवाती एघारमा गोल रक्षकको भुमिकामा किरण चोमजोङ, डिफेन्डरहरुमा विराज मर्हजन, अनन्त तामाङ, आदित्य चौधरी तथा कमल श्रेष्ठ रहेका छन् । यसै गरि रोहित चन्द, हेमन गुरुङ, अन्जन विष्टले मध्यपंक्तीको भुमिका सम्हाल्ने छन् । यस्तै सुजल श्रेष्ठ, बिमल घर्ती तथा नवयुग श्रेष्ठले आक्रमण  लाइन सम्हाल्ने  छन् ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ११:४३ मा प्रकाशित