back
CTIZAN AD

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

वि.सं.२०८२ असार २४ मंगलवार

522 

shares

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमलव ५८, पहाडको दुई दशमलव ४८ र हिमालको चार दशमलव १८ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १७ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ५४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९४ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ०६, गैर–मदिराजन्य पेयपदार्थको पाँच दशमलव १३, फलफूलको तीन दशमलव ५१ र दाल तथा गेडागुडीको दुई दशमलव ८५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ०४, मरमसलाको तीन दशमलव ०६ र माछा तथा मासुको दुई दशमलव ९१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क नौ दशमलव ४३, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८२, शिक्षाको पाँच दशमलव ८८, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ९० र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ६६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १८, मधेशको दुई दशमलव ५२, बागमतीको दुई दशमलव २९, गण्डकीको एक दशमलव ७५, लुम्बिनीको दुई दशमलव ३९, कर्णालीको दुई दशमलव ५४ र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ८६ प्रतिशत रहेको छ ।

वि.सं.२०८२ असार २४ मंगलवार १४:४६ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...