back
CTIZAN AD

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

वि.सं.२०८२ असार २७ शुक्रवार

465 

shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप अभियान सम्पन्न गरेको छ ।

नगरपालिकाले गत वर्ष पशुमा महामारीको रूपमा देशभर फैलिएको लम्पीस्किन रोगविरुद्ध यस वर्ष नगरपालिकाले चार हजार ८५२ पशुलाई लम्पीस्किन रोगविरुद्धको खोप लगाएको हो । गत जेठ ३ गतेदेखि जेठ २२ गतेसम्म नगरपालिकाका १७ वडामा चार हजार आठ सय ५२ पशुलाई उक्त खोप लगाइएको नगरपालिकाको पशु शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिए ।

गत वर्ष नगरपालिकाले कृषकको गोठमै पुगेर लम्पीस्किन रोगविरुद्ध खोप लगाएको थियो । यसका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्न रु २० लाख विनियोजन गरेको प्रमुख भुसालले बताए । यस वर्ष रोग भित्रिनु अगाडि नै सो रोगविरुद्धको खोप लगाइएको उनकोे भनाइ छ ।

गत वर्ष नगरपालिकामा ४ हजार ७४८ पशुलाई खोप लगाइएको थियो भने ८३६ पशु सो रोगबाट सङ्क्रमित भएका थिए । उक्त रोगबाट १०६ पशुको मृत्यु भएको प्रमुख भुसालले बताए । लुम्बिनी प्रदेशमा लम्पीस्किन रोगबाट अहिलेसम्म नौ हजार ६११ पशुको मृत्यु भएको छ भने एक लाख ९२ हजार १८ पशु सङ्क्रमति भएका छन् ।

वि.सं.२०८२ असार २७ शुक्रवार १६:४२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...