back
CTIZAN AD

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

वि.सं.२०८२ असार २८ शनिवार

1.6K 

shares

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका पूर्वअध्यक्ष कुल बहादुर राईको निधनप्रति दुःख व्यक्त गरेको छ ।
राईको यहि असार २० गते काठमाडौंस्थित हेम्स अस्पतालमा ८४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

यायोक्खाको २०५३ बैशाख १३ र १४ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलन, २०५६ मंसिर ४ र ५ गते सम्पन्न चौथौ राष्ट्रिय सम्मेलन र २०६० साल कात्तिक २३ र २४ गते सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत निर्वाचित भएर १० बर्ष अध्यक्षको जिम्मेवारी बहन गर्दै २०६३ पुस ८, ९ र १० गते झापाको दमकमा छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नेतृत्व हस्तान्तरण गरेका थिए ।

त्यतिबेला संगठनले पूर्ण आकार ग्रहण गरि नसकेको अवस्थामा उनको नेतृत्वमा धेरै जिल्लाहरूमा जिल्ला संगठनहरू समेत निर्माण निर्माण भएको थियो ।

राइकै कार्यकालमा किरात राई यायोक्खाले राइ समुदायलाइ शिक्षा क्षेत्रमा अगाडि बढाउन, प्रोत्साहन दिन र शिक्षामा सहजीकरण गर्न शैक्षिक छात्रवृत्तिको शुभारम्भ गर्दै उनकै जीवन संगिनी नमिता राइको स्मृतिमा ‘नमिता राइ स्मृति छात्रवृत्ति कोष’ २०५३ स्थापना गरि यायोक्खामा अक्षयकोष स्थापना गर्ने कामको शुभारम्भ समेत गरेका थिए । अहिले विभिन्न बिधामा सम्मान÷ पुरस्कार÷छात्रवृत्ति दिने गरि यायोक्खामा ३६ वटा अक्षयकोषहरू स्थापना भएको बताइएको छ ।

त्यस्तै २०५६ सालदेखी किरात राई यायोक्खाको सिफारिसमा युनाइटेड एकेडेमीसंग सम्झौता गरि कक्षा ११ र १२ मा निशुल्क अध्यन गर्नेगरी राई बिद्यार्थीलाइ छात्रवृत्ति सिफारिस गर्ने कामको सुरु भयो । त्यसैको निरन्तरता अहिले १२ वटा शैक्षिक संस्थामा यायोक्खाको सिफारिसमा कक्षा ११ र १२ मा धेरै जना बिद्यार्थीहरूले अध्ययन गरिसकेका र गरिरहेका छन ।

राईले झन्डै एक दसक किरात राई यायोक्खाको केन्द्रीय कार्यालय संचालनको लागि आफ्नै घरमा निशुल्क कार्यालय उपलब्ध गराएर त्यो बेला कार्यालय संचालनको लागि ठूलो योगदान दिएका थिए । संगठन र गतिविधि जिल्ला जिल्ला पुग्यो । देश विदेशमा पुग्यो ।

त्यो समयमा र उनको टिम (तत्कालीन महासचिव राज बहादुर राई (जसको योगदानलाई भुलिए इतिहास अधुरो रहनेछ) र त्यो बेलाको समिति) को नेतृत्वमा भएको त्यो काम र अभियानको जगमा आज किरात राई यायोक्खा उभिएको अभियन्ताहरु बताउँछन् ।

यायोक्खाको नयाँ नेतृत्व तयार गरि नेतृत्व हस्तान्तरण गरेपछी उनले तुवाचुङको बिकास र संरक्षण सम्बद्र्धनमा अभिभावकिय भुमिका निर्वाह गर्दै आएका थिए भने बान्तावा भाषाको सब्दकोष निर्माणमा ठूलो भुमिका निर्वाह गरेका थिए ।

राईले समाज समुदाय र किरात राई यायोक्खामा पुर्याएको योगदान अत्यन्तै महत्त्वपूर्ण र स्मरणीय रहेको बताइएको छ ।

 

वि.सं.२०८२ असार २८ शनिवार ११:२५ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...