back
CTIZAN AD

अब यात्रुहरुलाई खुशिसाथ स्वागत र बिदाई

वि.सं.२०८२ असार ३० सोमवार

1.6K 

shares

काठमाडाै । आफ्नो देश भित्रिए लगत्तै सास्ती र हैरानी व्यहोर्दै आएका यात्रुहरुले अब भने मुस्कानसहितको स्वागत पाउने भएका छन् भने देश छोड्नु परेको दुःखमा कर्मचारीको व्यवहारबाट थप दुःख पाउनु पर्ने अवस्था पनि अब हट्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीका लागि २०८२ असार २७ गते देखि नैतिक संहिता लागू गरेको छ । यस अनुसार अब यात्रुहरुले अध्यागमनबाट बाहिरिँदा शुभयात्रा र भित्रँदा खुशी मनले स्वागत पाइने भएको छ । अध्यागमन कार्यालयले प्रस्थान गर्ने यात्रुलाई कम्तीमा ‘शुभ यात्रा’ र नेपाल प्रवेश गर्नेलाई कम्तीमा ‘नेपालमा स्वागत छ, शुभ दिन’ भन्न निर्देश गरिएको छ ।

यात्रुहरुसँग थोरै र आवश्यक प्रश्नहरु मात्र गर्ने, खाडी मुलुकहरू लगायतमा श्रम/काम गर्न जानेलाई पनि सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने, बोली बचनमा मिठासपना दिने जस्ता कुराहरु संहितामा उल्लेख छ ।
लागू आचारसंहिताको मूख्य उद्देश्य अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुरूप कर्मचारीलाई राष्ट्रिय कानून, सामाजिक र साँस्कृतिक मूल्यप्रति जिम्मेवार बनाउनु रहेको बताइएको छ । देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीवचन र हाउभाउले आत्मीयता प्रदान गर्ने लगायतका विषयहरू पनि संहितामा उल्लेख छ ।

नैतिक आचारसंहिता पालना भए नभएको मूल्यांकन गर्न यात्रुले तत्कालै आफ्नो अनुभव व्यक्त गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि हाल कार्यालयको १५ वटा डेस्कमा क्यामरा राखिने र बाँकी डेस्कहरुमा पनि ब्यवस्था छिट्टै हुने प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले बताएका छन । कर्मचारीहरुले यात्रुहरुप्रति गर्ने व्यवहारको मुल्यांकन उत्कृष्ट सेवा, सन्तोषजनक र औषत सेवा भनेर मूल्यांकन समेत गरिने कोइरालाले जानकारी दिए ।

जारी गरिएको उक्त नैतिक संहिता कार्यान्वयनमा आउन सक्दा बाहिरिने पनि खुशी मनले र भित्रँदा झनै खुशी हुन पाउने अपेक्षा गर्न सकिन्छ । खास गरी श्रमका लागि खाडी मुलुक जाने आउनेहरुले भोग्नु परेको विभेदमा पनि कमि आउने विश्वास गरिएको छ । यो संगै सभ्य नेपाल र शिष्ट नेपाली भनेर परिचय बढ्नेछ ।

 

वि.सं.२०८२ असार ३० सोमवार १०:३२ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...