back
CTIZAN AD

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

वि.सं.२०८२ असार ३० सोमवार

1.9K 

shares

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु संगठन अभियानमा सक्रिय देखिएका छन् ।

बिमला श्रेष्ठको अध्यक्षतामा १६ वडामा समिति निर्माण
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौं महानगर समिति अन्तर्गतको १६ वडामा एक वडा स्तरीय समिति निर्माण गरिएको समाचार प्राप्त भएको छ । नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश सदस्य सुजन लामा गोलेको प्रमुख आतिथ्यता, पार्टीका बागमती प्रदेश सचिवालय सदस्य दीपक सिलवाल, पार्टीका बागमती प्रदेश सदस्य दिलीपराज वन्त, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौ महानगर अध्यक्ष मुना न्यौपाने, पार्टी जिल्ला सदस्य हेमा वस्ति लगायतको उपस्थिति र बाग्मती प्रदेश परिषद् सदस्य कविता बस्नेत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले बिमला श्रेष्ठको अध्यक्षतामा १६ वडा समिति निर्माण भएको छ ।

सो समितिको उपाध्यक्षमा सुनमाया तामाङ, सचिवमा सीता श्रेष्ठ,कोषाध्यक्षमा शिलामाया स्यांगतांग र सदस्यहरुमा बिष्णुमाया रावल, माया लामा, अञ्जना तामाङ, उर्मिला तामाङ, बिन्धे बिक, निम्रना घले, अन्तरीमाया स्याङ्ताङ लगायत १३ सदस्य रहेका छन् ।

मञ्जु भटराईको संयोजकत्वमा १७ वडा समिति चयन
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौं महानगर समिति अन्तर्गतको १७ वडामा पनि एक वडा स्तरीय समिति निर्माण गरिएको समाचार प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य रविन्द्र श्रेष्ठ, पार्टी प्रदेश सदस्य सुजन लामा गोले, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौ महानगर अध्यक्ष मुना न्यौपाने, बाग्मती प्रदेश परिषद् सदस्य कविता बस्नेत श्रेष्ठ, पार्टी जिल्ला सदस्य हरी मानन्धर लगायतको उपस्थिति र पार्टी जिल्ला सदस्य रिना देउलाको अध्यक्षतामा भेला आयोजना गरिएको थियो ।

सम्पन्न भेलाले मञ्जु भटराई संयोजक रहने गरी १७ वडा समिति निर्माण भएको छ । समितिमा शर्मिला देवकोटा, स्वस्ति नकर्मी, दुर्गा श्रेष्ठ, शर्मिला श्रेष्ठ, गीता आचार्य, अप्सरा नेपाली, सरस्वति अधिकारी र सन्तोषि मगौया लगायत रहेका छन् ।
सो संघले वडा न ४ र १५ मा भेला सम्पन्न गरि समिति बनाएको छ भने नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य सीता अधिकारी, बागमति प्रदेश सचिवालय सदस्य नवराज न्यौपाने,परीषद सदस्य राधा भटराई, भगवती सिग्देल,बिनोद शाही, लक्ष्मी न्यौपाने, तथा मिनु मानन्धर,लक्ष्मी महर्जन,बिनिता रेग्मी,सरस्वति घरासैनी लगायतको उपस्थितिमा   वडा ३०,८, ७ र १ मा भेला आयोजक समिति  बनाउने निर्णय भएको छ  ।

राजधानीबासीका ट्राफिक समस्या, बिजुलीमा गरिएका अघोषित लोडसेडिङ, खानेपानी तथा सरसफाई एवम् सामाजिक बिषयका मुद्दा उठाउने बताउँदै आएकी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौं महानगरकी अध्यक्ष मुना न्यौपाने सहितको टीम संगठन अभियानमा सक्रिय छ ।

काठमाण्डौ महानगरमा माओवादी महिलाहरुको सक्रियता बढदै

 

वि.सं.२०८२ असार ३० सोमवार १०:२४ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...