back
CTIZAN AD

काठमाण्डौ महानगरमा माओवादी महिलाहरुको सक्रियता बढदै

वि.सं.२०८२ असार २२ आइतवार

2.7K 

shares

देशको राजधानी समेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरुले संगठन अभियानसंगै रचनात्मक काम मार्फत सक्रियता बढाउन थालेका छन ।

राजधानीबासीका ट्राफिक समस्या, बिजुलीमा गरिएका अघोषित लोडसेडींग, खानेपानी तथा सरसफाई एवं सामाजिक बिषयका मुद्धा संगठनले उठाउने बताउदै आएकी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) काठमाण्डौं महानगरकी अध्यक्ष मुना न्यौपाने सहितको टीमले महिलाहरुका बिच कौशिखेति तालीम समेत शुरु गरीसकेको छ ।

१५ न वडामा १९ सदस्यीय भेला आयोजक समिति निर्माण
यसैबिच अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) काठमाण्डौं महानगर समिति अन्तर्गतको १५ वडामा एक वडा स्तरीय भेला आयोजक समिति र एक टोल समिति निर्माण गरिएको समाचार प्राप्त भएको छ ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सचिव रमा गिरीको प्रमुख आतिथ्यता, महिला नेतृ कल्पना महर्जन, मुना न्यौपाने,  १५ वडा पार्टी अध्यक्ष तारा बहादुर रानाभाट, निर्मला सिंह लगायतको आतिथ्यता तथा कृष्णा रानाभाटको अध्यक्षतामा असार २१ गते शनिवार स्वयंभुमा संपन्न भेलाले रिमा महर्जनको संयोजत्वमा १९ सदस्यीय समिति चयन गरिएको छ ।

सो समितिको सचिवमा एलिशा श्रेष्ठ तथा सदस्यहरुमा मिना थोकर, सिता परियार, कान्छीमाया घिसिंग, कविता बिश्वकर्मा, माया वाईवा, हेम कुमारी मगर, सृजना तामांग, पुर्णीमा लामा, सुनिता लामा, निर्माया कुवर, फुलमाया तामांग, तृष्णा मगर, मंजु लामा, रिमा महर्जन, सानुकान्छि तामांग, रंजिता बिक, पुष्पा लामा, रिनादेवी शाक्य लगायत रहेका छन ।

नमुना बस्तिमा टोल समिति निर्माण
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) काठमाण्डौं महानगर १५ वडा अन्तर्गत सवयंभुको नमुनाबस्तिमा टोल समिति निर्माण गरिएको छ । मंजु लामा अध्यक्ष, सुनिता स्यांग्बो उपाध्यक्ष, मिना थोकर सचिव, रिना शाक्य कोषाध्यक्ष र पानीमाया वाईवा लगायत सदस्य रहेको टोल समितिले सदस्यता अभियान बढाउने र स्थानीय समस्या संकलन गर्ने बताईएको छ ।

वि.सं.२०८२ असार २२ आइतवार १०:५२ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...