back
CTIZAN AD

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

वि.सं.२०८२ असार २२ आइतवार

921 

shares

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभेद भएको केही हप्तापछि एलोन टेस्ला र स्पेस एक्सका मालिक मस्कले शनिबार ‘अमेरिका पार्टी’ गठन गरेका हुन् सो कुराको जानकारी उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका छन् ।

उनले अमेरिकाको ‘एक दलीय प्रणाली’ लाई चुनौती दिने उद्देश्यले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’  सुरु गरेको घोषणा गरेको बताएका छन् ।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कर र खर्च कटौतीसम्बन्धी कानुन ‘बिग ब्यूटीफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसलगत्तै मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए । विवादकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको छन् ।

‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं,’ मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ, ‘तपाईंहरूले चाहनु भएको अनुसार नयाँ राजनीतिक दल हुनेछ ।’

आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पुर्‍याउने पनि मस्कले बताएका छन् ।

राष्ट्रपतिय निर्वाचन अघि नङ र मासु जस्ता रहेका ट्रम्प र मस्क बीचमा आएको सम्बन्धको दरार झनै बढ्ने अनुमान गरिएको छ ।

वि.सं.२०८२ असार २२ आइतवार ०८:५८ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...