back
CTIZAN AD

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

वि.सं.२०८२ साउन १ बिहीवार

483 

shares

काठमाडौँ । सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो ।

बिहान चार बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। पशुपतिनाथका चार ढोका बिहान चार बजेदेखि नै भक्तजनका लागि खुला गरिएको थियो । पशुपति क्षेत्रमा आजदेखि नै चार वटा ठूला कार्यक्रम पनि सुरु भएकाले पनि बिहानै देखि लाखौँ भक्तजनको भीड देखिएको उनले जानकारी दिए । ती कार्यक्रमका कलश यात्रालगायत कार्यक्रम र पशुपतिनाथको साउनमा हुने नियमित पूजा आजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको हो ।

साउन महिनाको पनि सोमबार र शनिबार पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड हुने गर्छ । आजदेखि नै पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको पनि सदस्य सचिव जोशीले जानकारी दिए । पशुपति क्षेत्रमा सोमबार र शनिबार भक्तजनको धेरै भीड लाग्ने गर्छ । सोमबार र शनिबारका लागि स्वयंसेवक खटाउने तयारी पनि कोषले गरेको छ ।

पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाभित्रका शिवालयहरु गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रमा रहेको सानो पशुपतिनाथ भनिने मक्खन महादेवलगायत साना ठूला शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

चान्द्रमास अनुसार असार २७ गते शुक्रबारदेखि नै साउन महिना लागिसकेको छ । यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । यसैगरी पाँच वटा शनिबार परेको छ । यसैगरी पाँच शनिबार परेको छ ।

 

वि.सं.२०८२ साउन १ बिहीवार ११:२१ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...