जाजरकोट । भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता भएका छन् । मंगलबार राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार टिपरमा चालकसहित तीनजना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको रहेको बताए । बेपत्ताको खोजी गर्न रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको उनले बताए ।
उनका अनुसार भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको छ । बेपत्ता भएकाहरुको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८२ साउन ७ बुधवार ०७:५६ मा प्रकाशित






























