back
CTIZAN AD

राष्ट्रियसभा शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ साउन ११ आइतवार

588 

shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले तराईमा पानी नपर्नाले भएको समस्यादेखि लिएर सरकार मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सांसद सावित्री मल्लले तराई क्षेत्रमा वर्षायाममा पनि पानीको स्रोत सुक्दै गएकोे अवस्थामा सरकारले आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र नहुने र त्यसका लागि राहतका आवश्यक काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद घनश्याम रिजालले सरकारले सुशासनको कुरा गरे पनि अनधिकृत रुपमा स्वकीय सचिव नियुक्ति गर्ने गरेको उल्लेख गर्दै मन्त्रीहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे ।

सांसद कृष्णबहादुर रोकायाले रुकुम–पश्चिमममा पुरानो चौरजारी विमानस्थलमा हवाई उडान बन्द भएको छ वर्षसम्म पनि नखुलेको हुनाले तत्काल उक्त विमानस्थल सञ्चालनमा ल्याएर हवाई उडान सुरु गर्न माग गरे ।

सांसद पदमबहादुर परियारले रोजगारका लागि कुवेत गएकी सङ्गीता थापाले रोजगारदाताले मानसिक र शारीरिक तनाव दिने गरेको सामाजिक सञ्जालमार्फत फेसबुकमा लेखिरहेको देखिएकाले तत्काल उद्धारका लागि सरकारसँग माग गरे ।

सांसद रुक्मणि कोइरालाले विसं २०११ नेपाल–भारतबीच कोशी सम्झौता गर्दा कोशी बाँध र पुल निर्माण गर्दा लगभग ३५ हजार बिघा जमिन अतिक्रमण गरिएको र सम्झौतामा भारतले क्षतिपूर्ति दिने भए तापनि अहिलेसम्म नपाएकाले त्यो क्षेत्रको जनताको समस्या परिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेणु चन्दले बैतडीको पुर्चाैनी नगरपालिकामा श्रीभारवर सडकको अहिलेसम्म स्तरोन्नति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिन सरकारसँग आग्रह गरिन ।

सांसद विष्णुकुमारी सापकोटाले यातायात व्यवस्था कार्यालय र विभाग अव्यवस्थित हुँदै गएको देखिएकाले नागरिकको विश्वास जित्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद विष्णुबहादुर विश्वकर्माले सुर्खेतको पञ्चपुरी निवासी हाल मुम्बईमा बस्दै आएका कँडेल परिवारको छोरीहरु १७ वर्षीय मेकुका र १५ वर्षीय सिर्जना कँडेल तीन साताअघि हराएकामा भक्तपुरको बोडेमा शव फेला परेकाले तिनीहरुको अपहरण गरी हत्यामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरे ।

सांसद श्रीकृष्ण अधिकारीले सरकारले सुशासनको कुरा गरिरहेको भए पनि निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने विषयमा तत्काल छानबिन गर्न माग गरे ।

वि.सं.२०८२ साउन ११ आइतवार १५:५४ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...