back
CTIZAN AD

जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लागौँः मन्त्री खड्का

वि.सं.२०८२ साउन ११ आइतवार

699 

shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सबै मिलेर उपलब्ध स्रोतको उपयोग गर्न लाग्नुपर्र्ने बताएका हुन् ।

मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए । उनले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताए ।

मन्त्री मन्त्री खड्काले द्वन्द्वको समयमा नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको भन्दै समुदायबाट सञ्चालन गर्न नसकिएका सामुदायिक विद्युत् योजनालाई प्राधिकरणलाई जिम्मेवारी लगाउँदै जानुपर्ने धारणा राखे ।

पूर्वऊर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले देशभरका तीन सयभन्दा बढी सामुदायिक संस्थाहरूमार्फत महासङ्घले करिब छ लाख घरमा विद्युत्को पहुँच विस्तार गरेको जानकारी दिए । करिब रु दुई अर्ब समुदायबाट सङ्कलन गरी विद्युत् संरचना निर्माणमा महासङ्घले काम गरेको उनकोे भनाइ थियो ।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमार्फत विशेष योगदान पु¥याएको भन्दै विभिन्न संस्था र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

वि.सं.२०८२ साउन ११ आइतवार १७:४९ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...