back
CTIZAN AD

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

वि.सं.२०८२ साउन १३ मंगलवार

1.5K 

shares

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् ।

आज नागपञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीले अष्टनाग चित्र बनाएर विद्यालय तथा घरघरमा बिक्री गरेका हुन् । कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थी आफैँले बनाएका करिब सात सय बढी नागको चित्र बिक्री भएको प्रधानाध्यापक विजय शर्माले जानकारी दिए ।

“हामीले सैद्धान्तिक ज्ञानलाई मात्र नभई व्यावहारिक ज्ञान, संस्कारसहितको शिक्षा दिएका छौँ”, उनले भने, “आफूले तयार पार्न सक्ने कुरामा फजुल खर्च गर्नु हुँदैन, मौलिक संस्कृतिमा जोड दिनुपर्छ, पर्वअनुसार प्रयोगमा आउने विभिन्न ज्ञान, सीप विद्यार्थीलाई दिइरहेका छौँ ।”

विद्यार्थीले तयार पारेको चित्र अभिभावक, शिक्षक तथा स्थानीयवासीले मन पराएर खरिद गरिरहेका छन् । प्रतितस्बिर रु १० मा बिक्री गरेको कक्षा ८ मा अध्ययनरत छात्र भाष्कर विनायक गौतमले बताए । “बाहिरबाट आयातित तस्बिरलाई निरुत्साहित गर्न हामीले अष्टनागको चित्र बनाएका हौँ, छिमेकीले राम्रो मानेर किनिदिए, यसबाट जम्मा भएको रकम अहिले बचत गरेर राखेका छौँ, शैक्षिक क्षेत्रमा नै खर्चने हाम्रो सोच छ”, उनले भने ।

यस कार्यले आफ्नो संस्कृति संरक्षण र अर्कातर्फ विद्यार्थीले आम्दानी गर्ने माध्यम बनेको छ । यहाँका विद्यार्थीले घरायसी प्रयोगमा आउने डोको, नाम्लो, ढकियाजस्ता सीप सिकेका छन् । घरघरमा करेसाबारी बनाएर तरकारी लगाउने गरिरहेका छन् ।

वि.सं.२०८२ साउन १३ मंगलवार ११:०२ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...