back
CTIZAN AD

एकै दिनमा ५०० किलोग्राम बोडी उत्पादन, वार्षिक एक करोड मुनाफा !

वि.सं.२०८२ साउन १५ बिहीवार

552 

shares

झापा । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवद्र्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ ।

भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गरेका हुन् ।

उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले बजारको कुनै चिन्ता गर्नुपरेको छैन”, खनालले भने ।

हाल प्रतिकेजी बोडी रु ३० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उनले बताए । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ ।

वार्षिक एक करोड मुनाफा
खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छभने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन् । जसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानी खेती गर्ने गरेको उनले जानकारी दिए ।

धान, तरकारी र फलफूलखेतीबाट वार्षिक रु एक करोड मुनाफा हुने खनालको दाबी छ । “प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ । मैले मात्र आम्दानी गरेको होइन । दर्जनौँ व्यक्तिले रोजगारी पाएका छन् । उपभोक्ताले पनि स्वदेशी र ताजा तरकारी खान पाउनुभएको छ । यस वर्ष वार्षिक रु दुई करोडसम्म तरकारी बिक्री हुने अपेक्षा गरेको छु”, खनालले भने ।

उनले सुरुमा कृषिबाट यति धेरै आम्दानी हुन्छ होला भनेर विश्वास नगरेको सुनाए । “एउटै अम्बक आधा केजीसम्मको फल्न थालेको छ । हाल आफ्नै देशमा व्यावसायिक कृषि कर्म गरेर ठिकै गरेछु भन्ने लागेको छ । फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्भने दर्जनौँले मौसमअनुसारको खुद्रा काम पाउने गरेका छन्”, खनालको भनाइ छ ।

विर्तामोड नगरपालिकाले नगरलाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउन ‘पारिको होइन वारिको’ भन्ने अभियान नै सञ्चालन गरिरहेको छ । नगरको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया स्थानीय तरकारी उत्पादक कृषकहरु अभियानमा जोडिएको र भारतबाट तरकारीको आयात प्रतिस्थापन गर्न अभियानले मद्दत पुर्याइरहेको बताउछन् ।

उनले भने,“नगरपालिकाले बोडीको समर्थन मूल्य प्रतिकेजी रु ३० तोकेको छ । उक्त मूल्यमा बिक्री नभए तौलको आधारमा घाटा पूर्ति रकम उपलब्ध गराउँदै आएका छौँ । यसमा मात्रै होइन अन्य उत्पादनमा पनि कृषकलाई प्रोत्साहन गर्ने हाम्रो नीति छ ।”

वि.सं.२०८२ साउन १५ बिहीवार १४:१२ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...