back
CTIZAN AD

कालिका भगवतीलाई चढाइयो खीर

वि.सं.२०८२ साउन १५ बिहीवार

741 

shares

गण्डकी । आज साउन १५ अर्थात खीर खाने दिन । यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ । यस मन्दिरमा वर्षको एकपटक साउन महिनामा खिर चढाउने चलन छ । मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताए । संयोगले यसपालि साउन १५ मै परेको उनको भनाइ छ ।

“बिहान ५ बजेर २१ मिनेटको साइतमा देवीलाई खीर चढाइएको हो” कोषध्यक्ष खड्काले भन्नुभयो, “मूल पुजारीले पूजआजा गर्ने र सहायक पुजारीले खीर पकाउने चलन छ, देवीलाई चढाउने खीर अलग्गै पाक्छ ।” आज बिहान ५ बजेदेखि ७ बजेसम्मको साइत खिर चढाउनका लागि उत्तम रहेको थियो । शक्तिस्वरुपा कालिका भगवतीलाई खीर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खीर खुवाउने गरिएको समितिका उपाध्यक्ष निशान खड्काले बताए ।

पूर्वजहरुका पालादेखि नै मन्दिरमा खीर चढाउने चलन सुरु भएको उनको भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खीर चढाएपछि मात्र बल्ल घरघरमा खीर पकाएर खाने चलन थियो । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खीर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खीर चढ्दैन ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनालाई प्रसादीका रुपमा खीर खुवाउने गरिन्छ । पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खीर खुवाउने गरिएको उपाध्यक्ष खड्काले बताए । कालिका देवीलाई खीर खुवाउने चलन यस क्षेत्रकै मौलिक संस्कृतिका रुपमा जीवित रहेको उनको भनाइ छ ।

विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खीर चढाएर मात्र घरघरमा खीर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन् । सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो । पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खीर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ । दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ ।

झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किम्बदन्ती छ । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

वि.सं.२०८२ साउन १५ बिहीवार १५:१० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...