back
CTIZAN AD

उपचार खर्चका लागि गुहार्दै क्यान्सरपीडित देवराम दमाईँ

वि.सं.२०८२ साउन १९ सोमवार

909 

shares

कञ्चनपुर । “शरीरले भन्दा पनि मनले धेरै पीडा दिएको छ,” यी शब्द हुन् शुक्लाफाँटा नगरपालिका–१ का ६४ वर्षीय देवराम दमाईँका हुन् । हो उनले अहिले घाँटीको क्यान्सरको पीडा झेल्दै आएका छन् ।

दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका देवरामको जीवन पीडाले भरिएको छ । तीन छोरामध्ये दुई जनालाई गुमाइसकेका दमाईँलाई अहिले आफ्नै उपचार गर्नसक्ने हैसियतमा छैनन् । भारतको बम्बईमा कमाइरहेका एक छोरा उतै बिते, अर्का छोरा मलेसियामा सुतेकै अवस्थामा निधन भए, अनि कान्छो छोरा हाल बैङ्गलोरमा श्रीमतीसँगै छन् । चौकीदारी गरेर आएको पैसाले पेट पाल्नमै दुवै श्रीमान्श्रीमतीलाई ठिक्क छ ।

दमाईँका अनुसार घाँटीमा समस्या देखिएपछि धनगढी, नेपालगञ्ज हुँदै चितवनको मेडिकलमा उपचार गराउँदा क्यान्सर भएको पुष्टि भयो । उपचारका लागि आफन्तसँग रु डेढ लाख ऋण लिएका उनले त्यो पनि सकिएपछि उपचार खर्चको अभावमा पीडा सहेर बस्नुपरेको छ ।

“उपचार खर्चका लागि अब कहाँ जानु कसलाई भनु”, आँखाबाट आँसु झार्दै उनले भने, “दैनिक औषधि आवश्यक छ, अस्पतालमा उपचारका लागि जानुपर्ने हुन्छ तर सवारी खर्च पनि नभएपछि घरमै रोग पालेर बस्नुपरेको छ ।”

छोराको निधनपछि दमाईँ परिवारमा एक बुहारी घर छाडेर गएकी छन् । नातिनातिनालाई पाल्नुपर्ने जिम्मेवारी देवरामकै काँधमा रहेको छ । दमाईँ परिवारको सामुदायिक वनको छेउमा १० घुर जग्गामा बनाइएको छाप्रो छ । त्यसमै दमाईँ परिवार बस्दै आएका छन ।

कमाउने मान्छे नभएपछि घर खर्चदेखि औषधि उपचार सबैमा समस्या भएको दमाईँ बताउँछन् । “मेरो पीडा कसैले सुनिदियो भने उपचार खर्चको व्यवस्था भए बाँचिन्छजस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ । दमाईँले आफ्नो उपचारको लागि सरकार, सामाजिक सङ्घसंस्था, सहयोगी हातहरूप्रति अनुरोध गरेका छन् ।

वि.सं.२०८२ साउन १९ सोमवार १४:२० मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...