back
CTIZAN AD

पर्सामा बन्धक बनाएर एक महिलामाथि सामूहिक बलात्कार

वि.सं.२०८२ साउन २१ बुधवार

1.9K 

shares

काठमाडौं । पर्सामा एक महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरिएको खुल्न आएको छ ।

वैशाख २० गते गोठमा बाख्रा बाँधेर फर्किंदै गरेकी एक महिलालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज बस्ने ४० वर्षीय नेक महमद र २१ वर्षीय अफताब अन्सारी पक्राउ परेका हुन् ।

उनीहरुले ति महिलालाई बन्धक बनाई एक होटलमा लगेर मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बाँधेर सामूहिक बलात्कार गरेको पाइएको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले वैशाख २३ गते बिहान ८ बजेतिर पर्साको घडिअर्वा पोखरीको गल्लीमा ती महिलालाई रगताम्मे अवस्थामा छाडेर भागेका थिए ।

ती पीडित महिलाले आफूमाथि बलात्कार र अपहरण तथा शरीर बन्धकको जाहेरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले वीरगन्ज–१५ प्रतिमा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

 

वि.सं.२०८२ साउन २१ बुधवार १३:२२ मा प्रकाशित

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...