back
CTIZAN AD

पानी परेपछि किसानलाई राहत, झाँगिदै धानबाली

वि.सं.२०८२ साउन २२ बिहीवार

2.9K 

shares

नवलपरासी । लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन् ।

बर्दघाट सुस्तापश्चिम नवलपरासीमा लामो समयदेखि वर्षा नभएर खडेरी लागेका धान वर्षा भएपछि हरियो भएसँगै डाँठ पनि बढिरहेको पाल्हीनन्दन गाउँपालिका–४ रामसिंह कुर्मील बताए । रोपाइँ भएदेखि प्रयाप्त वर्षा नभएर जमिनका साथै धानखेती सुक्न थालेको थियो । “रोपिएको धानमा सिँचाइको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइनलगायत समस्याले किसान चिन्तित थिए । अहिले पानी परेपछि केही राहत भएको छ”, उनले भने ।

वर्षा नहुँदा जमिन सुख्खा भएर रोपिएको धानको डाँठ नबड्ने र पहेँलो भएर गावा मर्नुुका साथै विभिन्न रोगको समस्या देखिन थालिएको किसान चुल्हाई यादवले बताए । तीन दिनको लगातार वर्षा भएपछि धानका लागि अमृत जस्तै काम गरेको भन्दै उनले धान पानीबाट हुने फसल भएकाले प्रयाप्त सिँचाइको व्यवस्था हुन जरुरी रहेकामा जोड दिए ।

खेतमा बराबर पानी रहिरह्यो भने धानबालीमा रोग नलग्ने तथा उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताए । “सिँचाइ भइरहे खेत ओसिलो भइरहन्छ । धान काटेपछि कात्तिकमा खेत जोत्न सजिलो हुन्छ, खेतमा बीउ छर्दा छिटो सम्भावना बढी हुन्छ”, उनले भने ।

तीन दिनको वर्षापछि यहाँका धानबालीमा हरियाली देखिन थालेको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ ।

वि.सं.२०८२ साउन २२ बिहीवार १६:०८ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...