back

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियान घोषणा, साथमा अत्यधिक बचतको अवसर

वि.सं.२०८२ साउन २३ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हे¥यैको घोषणा गरेको छ । श्रावण २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँ बराबरको भौचर लगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नुहुनेछ ।

डिल्स हेरेको हे¥य, अभियानको एक प्रमुख आकर्षणका रुपमा रहने फ्ल्याश सेलमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन लगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू अत्यन्तै न्यून मूल्यमा उपलब्ध हुनेछन् । यसरी उपलब्ध गरिएका अफरहरू दैनिकरुपमा नविकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शनमा नियमित अवलोकन गर्न दराजले अनुरोध गरेको छ । डिल्स हेरेको हे¥यै, भन्ने नाराका साथ यस पटकको सेलले नेपाली उपभोक्तालाई नयाँ उमंग र अप्रत्याशित अफरको स्वाद दिलाउनेमा कम्पनी विश्वस्त रहेको छ ।

दराजले आदर्णिय ग्राहकहरूको भरोसा जित्ने उद्देश्यका साथ बेस्ट प्राइस ग्यारेन्टि (बीजीपी) कार्यक्रम पनि यस अभियानमा समावेश गरेको छ । यस योजना अन्तर्गत, यदि ग्राहकले कुनै उत्पादन नेपालभित्रका अन्य अनलाइन प्लेटफर्महरूमा यसमा प्रस्तुत गरिको मूल्यका तुलनामा अझ सस्तो मूल्यमा पाउँछन् र लागु गरिएका सर्तहरू पूरा भएमा उत्पादनको मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यो पारदर्शिता र प्रतिबद्धता दराजको ग्राहक–केन्द्रित सेवाका लागि एक प्रखर उदाहरण हो ।

८.८ सेलको अर्को प्रमुख सुविधाका रुपमा छानिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी सुविधा पनि रहेको छ । ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नु हुनेछ । यसका लागि भौचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी सम्बन्धित पेजमा गएर संकलन गर्न सकिनेछ ।

स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावट लगायतका उत्पादनहरूमा उपलब्ध अफरहरूले यो सेललाई विविधता र मूल्य–दुबैका हिसाबले अतुलनीय बनाएको छ । ग्राहकहरूले यस अवसरमा आफ्नो रोजाइका सामानहरूमा मात्र नभई अत्यावश्यक सामग्रीहरूमा पनि उल्लेखनीय बचत गर्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

दराजको ८.८ डिल्स हेरेको हे¥यै, अभियान केवल अफर र छुटमा सिमित छैन । यो उत्कृष्ट सेवा, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीका माध्यमबाट सम्पूर्ण किनमेल अनुभवलाई अझ समृद्ध बनाउने प्रयत्न हो । नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धताले यो सेललाई विशेष बनाएको कम्पनीको भनाइ छ ।

वि.सं.२०८२ साउन २३ शुक्रवार १२:२१ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...