back
CTIZAN AD

प्रकृति, संस्कृति र सुन्दरतालाको संगम स्याङ्जा

वि.सं.२०८२ साउन ३० शुक्रवार

3.7K 

shares

प्रकृतिको अमूल्य उपहार, सुन्दर अनि मनोरम दृश्यहरूलाई हृदयको अँगालोमा बेरिरहन सबैलाई मन लाग्छ । स्याङ्जाको काखमा, अग्ला–अग्ला डाँडा–पाखाहरूको शीतल आलिङ्गनमा, सुनौलो किरणको कोमल स्पर्शमा झल्किने ती पाखाहरूको छेउमै कलकल बगिरहन्छ आँधिखोला ।

यो आधिखोला केवल पानीको धार मात्र होइन, कलाकारको शब्द–शब्दमा बस्ने प्रेरणा हो; यो हामीलाई चिनाउने, एक–अर्कासँग परिचित गराउने जीवनदायिनी स्रोत हो ।

स्याङ्जाको मुटुमा बग्ने आँधिखोला दौडिँदै, आफ्नै लयमा पौडिँदै, कालीगण्डकीको विशाल बाहुपाशमा पिरती गास्न हतारिएको जस्तो देखिन्छ । यो यात्रा स्याङ्जाका बस्ती–बस्ती, बन–जंगल, मठ–मन्दिर र हृदयस्पर्शी घाट–घुम्ती हुँदै अगाडि बढ्छ ।

सिद्धार्थ राजमार्गका घुम्तीहरूमा आँधिखोला कहिले दायाँ, कहिले बायाँ मोडिँदै, यात्रुहरूको सहयात्री बनेर हरिया बन, धार्मिक स्थल, र भक्तजनहरूसँग सम्बन्ध गाँस्दै मिर्मीमुनी आँधिमुहानसम्म पुग्छ ।

स्याङ्जामा नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना कालीगण्डकी ए, सबैभन्दा ठूलो पहाडी सिँचाइ योजना चापाकोट टार, नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउँ सिरुबारी, त्यसैगरी दूध, सुन्तला, अदुवा र कफी उत्पादनमा नाम कमाएको पहिचान छ ।

पुस–माघको चिसो मौसममा रुखभरि टल्किने सुन्तला देख्दा मन रमाउँछ । टप्प टिपेर खाने लोभ बढ्छ । परैबाट सुन्तलाको गन्धले मुख रसाउँछ । तेस्तै बेला कुनै किसान दाइले झटारो हानेर खसाइदिने सुन्तला, स्वादमा मात्र होइन, सम्झनामा पनि अमिट हुन्छ ।

स्याङ्जाको डाँडाकोट, पाखेपहरी, सिर्सेकोटबाट प्याराग्लाइडिङ गर्ने अनुभव एक अलग संसार हो । आकाशसँग छिनभरमै नाता गाँसिएको जस्तो, पंखसहित उडिरहेको अनुभूति ।
यसैगरी, स्याङ्जाको अर्को परिचय ‘कोटै कोटको जिल्ला’ हो । नुवाकोट, सतौंकोट, भिरकोट, कालिकाकोट, सिर्सेकोट, भाल्थुमकोट लगायत कैयौँ ऐतिहासिक कोटहरूले यस भूमिलाई गौरवान्वित बनाएको छन् ।

स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको एसियाकै ठूलो शिला शालिग्राम धार्मिक पर्यटकको आकर्षण हो । भालुपहाड, छाङछाङ्दी, पन्चासे ताल, अन्धाअन्धीदह, चिउरीको पुल, आलमदेवी, राधा–दामोदर आश्रम, चन्डिकालिका मन्दिर, राम्दी धामजस्ता स्थलहरूले यस जिल्लाको प्राकृतिक र धार्मिक महिमा झन् बढाएका छन् ।

स्याङ्जा केवल एक भू–भाग मात्र होइन, यो संस्कार, संस्कृति र सुन्दरतालाको संगम हो ।
यहाँको प्रकृति आँखाले मात्र होइन, आत्माले पनि हेर्नुपर्ने खालको छ । जहाँ आधिखोलाको कलकल, डाँडापाखाको मौनता, र मानिसहरूको आत्मीय मुस्कान मिलेर एक अनुपम अनुभव दिन्छन् ।

स्याङ्जा केवल एक भूगोलको नाम होइन, यो अनुभूतिको यात्रा हो । जहाँ प्रकृतिको सुन्दरता, संस्कृतिको गहिराइ, र मानवीय आत्मीयता एकैसाथ भेटिन्छन् । यहाँको हरियाली, बग्ने खोला, चिसो पहाडको छायाँ, तातो चिया र मुस्कुराउने अनुहार । यी सबैले यात्रुलाई घरको न्यानो सम्झना दिलाउँछन् ।

स्याङ्जामा पुगेपछि तपाईंले केवल ठाउँ मात्र हेर्नुहुन्न, यहाँको हावा–पानी, सुगन्ध, स्वाद र भावनामा आफैलाई हराएको पाउनुहुन्छ । आँँधिखोलाको कलकल आवाज, सुन्तलाको मीठो स्वाद, मन्दिरको घण्टी, र पहाडको शीतल हावा । यी सबैले तपाईंलाई फेरि–फेरि फर्केर आउन मन लाग्ने बनाउँछ ।

तपाईंको जीवनमा कहिल्यै बिर्सन नसक्ने सम्झना सिर्जना गर्न, आत्मालाई ताजगी दिन, र नेपाललाई अझ गहिरो रूपमा बुझ्न । एक पटक स्याङ्जा अवश्य घुम्न जानुपर्छ । त्यहाँ, तपाईंलाई प्रकृतिले अँगालो हाल्नेछ । संस्कृतिले स्वागत गर्नेछ । स्याङ्जा तपाईंको मनमा सदासर्वदा बस्नेछ ।

 

वि.सं.२०८२ साउन ३० शुक्रवार १४:०५ मा प्रकाशित

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...