back
CTIZAN AD

नेपालमा पहिलोपकट फिस(माछा) टनेल एक्सपो हुँदै

वि.सं.२०८२ साउन ३० शुक्रवार

1.7K 

shares

काठमाडौं । डुकाउ फिस टनेल एक्सपो काठमाडौंमा । कागेश्वरी मनोहरा वडा न ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा यँही आउदो ३० गते देखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ ।

संयुक्त नेपाल मेला महोत्सव प्रालिको आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (ँष्कज त्गललभ)ि मा एक हजार भन्दा धेरै समुद्री माछा हेर्न पाइने छ । यँही साउन ३० गते देखि भदौ २१ गतेसम्म गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव हुने भएको हो ।

उक्त एक्सोपा काठमाडौंमै पहिलो पटक विभिन्न किसिमका १००० धन्दा धेरै सामुद्रिक माछा टनेलमा छिरेर हेर्न पाइने गरी माछाहरुलाई एक्सपोमा राखिने छ जसमा यो नेपालमा पहिलो एक्सपो र यो महिना पछि अन्तिम पनि हुने आयोजकले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए ।

काम र व्यस्तताको बावजुद, काठमाडौँको भिडभाडबाट केही क्षणको लागि भएपनि उक्त महोत्सवमा गएर अन्डरवाटर एकोरियमको मज्जा पनि लिन सकिनेछ । महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुती समेत रहनेछ । महोत्सवमा विभिन्न खालका खेल सामग्रीहरू पिङहरू सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन पाइने ।

साउन ३० गते देखि भदौ २१ गतेसम्म चल्ने डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ मा बालबालिकाका विभिन्न खेल सामग्री तथा १०० भन्दा धेरै सपिङ स्टल रहेको आयोजक दिपक दाहालले डिजिटल खबर लाई जानकारी गराए।

अब सपिङ, विभिन्न खेलकुद एकै ठाउँमा । स्थानीय व्यापार प्रवद्र्धनका लागि २५% सम्म छुटमा सामानहरू बिक्री वितरण गरिनेछ। व्यापार तथा पर्यटन प्रवद्र्धनको लागि यो महोत्सवले निकै सहयोग गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८२ साउन ३० शुक्रवार ११:३१ मा प्रकाशित

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...