back
CTIZAN AD

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुख सरुवा

वि.सं.२०८२ भदौ ११ बुधवार

1.9K 

shares

जनकपुरधाम । नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक वर्षमा तीनजना कार्यालय प्रमुखको सरुवा भएको छ । सो कार्यालयमा मनोजकुमार साह, मनिष न्यौपाने तथा रजीत कापडीको कार्यालय प्रमुख पदमा सरुवा भएको हो । कापडी अहिले विगत दुई महिनादेखि कार्यालयमा कार्यरत छन्।

सरकारको स्वामित्वमा सञ्चालित सो आयल निगमको ऐन एवं विनियमावलीमा प्रत्येक दुई वर्षमा कार्यालय प्रमुख तथा अधिकृतस्तरका कर्मचारीको सरुवा हुने प्रावधान रहेको छ । सरुवाले कार्यालयको काममा प्रभावकारी रुपमा व्यवस्थापन तथा सञ्चालनमा समस्या पर्ने गरेको कर्मचारीहरूको गुनासो छ ।

वर्तमान कार्यालय प्रमुख कापडीले हाम्रो निगममा प्रत्येक दुई वर्षमा सरुवाको प्रावधान छ तर आवश्यक परेको खण्डमा कुनै बेला सरुवा हुन्छ तथा तोकिएको स्थानमा गएर काम गर्नुपर्छ भने।

उनले भने ‘आफू पदबहाली भएर आएदेखि नै कार्यालयको कामलाई प्रभावकारी तथा व्यवस्थित बनाउनेतर्फ जोड दिएको छु ।’

सो कार्यालयमा पेट्रोलियम ढुवानीकर्ता, पेट्रोलिय व्यवसायी तथा कर्मचारीबीचको विवादले कार्यालय प्रमुखको सरुवा हुने गरेको बताइको छ ।

सो कार्यालयले निगमको अमलेशगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा तथा महोत्तरी जिल्लामा रहेका पम्पहरुमा पेट्रोलिय पदार्थ बिक्री वितरण गर्दैआएको छ ।

सो कार्यालयले करिब ८० ट्र्याकङ्रमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दैआएको प्रमुख कापडीले जानकारी दिए । ट्र्याकङ्रको ढुवानी खर्च निगमले उपलब्ध गराउने गरेको छ ।

वि.सं.२०८२ भदौ ११ बुधवार १५:३० मा प्रकाशित

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...