back
CTIZAN AD

२८०० विन्दुमाथि नेप्से, सबै सुचक हरियाली

वि.सं.२०८२ भदौ ११ बुधवार

1.8K 

shares

काठमाडौँ । सातको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ५६.६९ अंकले बढेर २८२२ को बिन्दुमा कायम भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको थियो भने आज १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर किनबेच हुदा मा ७ अर्ब ६८ करोड बराबरको कारोबार भऐका हो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४० प्रतिशत बढेको छ । लगानी समूह २.१९, जीवन बीमा समूह २.२१, उत्पादन तथा प्रशोधन समूह २.६९, अन्य समूह २.१४ र व्यापार २.६८, बैंकिङ्ग समूह १.३८, वित्त समूह १.९८, होटल तथा पर्यटन १.६६, जलविद्युत समूह १.८५, लघुवित्त समूह १.०९ र निर्जीवन बीमा समूह १ं६८ र समुहिक लगानी समूह ०.४७ प्रतिशतले बडेको छ ।

शेयर बजारमा हरियाली छाएसँगै कुल २३२ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ भने १९ ववटा कम्पनीको मूल्य घटेको छ ।

आज पनि विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । स समता घरेलु लघुवित्तको ९.३६ प्रतिशत, ग्रीन भेन्चर्सको ८.०८ प्रतिशत बढेको छ भने केबिएल डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा बढी ५.७९ प्रतिशत घटेको छ ।

 

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।

वि.सं.२०८२ भदौ ११ बुधवार १५:३८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...