back
CTIZAN AD

पहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

वि.सं.२०८२ भदौ १३ शुक्रवार

2.6K 

shares

गुल्मी । बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले राससलाई जानकारी दिनुभयो । लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीवार साँझ एकतर्फी खुलेका थिए ।

उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् ।

वि.सं.२०८२ भदौ १३ शुक्रवार ११:३४ मा प्रकाशित

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...