back
CTIZAN AD

वात्सल्य एभरेष्ट महिला भलिबल : राजेश हमाल र धनराज आचार्य टिमबिच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ भदौ १६ सोमवार

3.1K 

shares

पोखरा । वात्सल्य एभरेष्ट महिला भलिब प्रतियोगिता सञ्चालन हुने भएको छ । यो प्रतियोगिताको दोस्रो संस्करण हो । प्रतियोगिता सुरु हुनु अघि पोखराको लेकसाइड हलन्चोकमा यहि भाद्र १९ राजेश हमाल र धनराज आचार्य समूह बीच भलिबल खेल आयोजना हुने भएको छ । यो खेल भने प्रदर्शनीको रुपमा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रदर्शनी खेलमा नेपालका चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आ–आफ्नो समूहको नेतृत्व गर्ने छन् । खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र इडब्लुबि फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरू सहभागी हुनेछन् ।

प्रत्येक टिममा १२ खेलाडी रहनेछन्, जसमा इडब्लुबि फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू, र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन् । यो प्रदर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावर को मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वावलोकन दिने आयोजकको विश्वास छ ।

प्रतियोगितामा सहभागि कलाकारहरुमा आना शर्मा, सनीषा भट्टराई, र आदिती बुढाथोकी रहेका छन् भने प्रमुख खेलाडीहरूमा अरुणा शाही, प्रगति पुन, सलीना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, र उषा भण्डारी, साथै आफ्ना टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन्। पोखरा आधारित साना इन्फ्लुएन्सरहरू ले पनि प्रदर्शनी खेललाई थप रोचक र सहभागितापूर्ण बनाउनेछन् ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग भदौ २०–२८, २०८२ मा पोखराको बहुउद्देशीय कभर्ड हल मा आयोजना हुने छ । यो एशियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग हो, जसमा ६ प्रतिस्पर्धी टिमहरू र ९ देशका १८ विदेशी खेलाडीहरू सहभागि हुनेछन् । यसले नेपाल र एशियामा महिला पेशागत भलिबलको लागि ऐतिहासिक प्लेटफर्म प्रस्तुत गर्नेछ ।

यो प्रदर्शनी खेलले मात्र लिगको उद्घाटनको माहोल तयार पार्दैन, तर महिला भलिबलको बढ्दो लोकप्रियतालाई पनि उत्सव स्वरूप प्रस्तुत गर्दै, पोखरामा खेलकुद, मनोरञ्जन र सामुदायिक सहभागिता प्रवद्र्धन गर्नेछ ।

वि.सं.२०८२ भदौ १६ सोमवार १२:२३ मा प्रकाशित

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...