back

नैतिक जिम्मेवारी वहन गर्न बुद्धिजीवि संगठनको आग्रह

वि.सं.२०८२ भदौ २३ सोमवार

3.2K 

shares

काठमाडौँ । नेपाल बुद्धिजीवी संगठनले भाद्र २३ को घटनाप्रति सरकारलाई नैतिक जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।
जेनजी मुभमेन्ट नेपालका नाममा भाद्र २३ गते आयोजित विरोध तथा शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका दुखद् घटनाप्रति सो संगठनले गम्भिर ध्यानाकर्षण भएको बताउँदै सो आग्रह गरेको हो ।

संगठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ :
जेनजी मुभमेन्ट नेपालका नाममा भाद्र २३ गते आयोजित विरोध तथा शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका दुखद् घटनाप्रति नेपाल बुद्धिजीवी संगठनकोे गम्भिर ध्यानाकर्षण भएको छ ।
देशमा बेथिति र भ्रष्टाचार बढेको तथा केहि दिनयता सरकारले सामाजिक सञ्जाल समेत बन्द गरेको भन्दै नेपालको पछिल्लो पुस्ता जेनजी मुभमेन्ट नेपालले गरेको विरोध प्रदर्शनका क्रममा राज्यले पुर्व सावधानी र संयमता नअपनाई अन्धाधुन्ध दमन र अत्याधिक बल प्रयोग गरेको कारण १९ प्रदर्शनकारीको निधन तथा सयौको संख्यामा घाईते हुन पुगेको देखिएको छ ।
आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा राज्यको गलत रवैया देखिएको र संयमता अपनाउन नसकेका कारण अस्वभाविक घटनाबाट होनहार युवाहरुको दुखद् निधन हुन पुग्यो । जेन जी पुस्ताका युवाहरुको स्वतस्फुर्त प्रदशर्नीमा राज्यबाट २०४६ को पहिलो जनआन्दोलन र ०६२–६३ को दोस्रो जनआन्दोलनमा भएका अमानवीय हर्कत बिर्साउने गरी निहत्था युवाहरुमाथि गोली हानेर हत्या तथा सयौँ घाइते एवम् भौतिक संरचनामा ब्यापक क्षति हुनु गणतान्त्रिक राज्यकै लागि अत्यन्त दुखद् घटना हो ।
देशमा बढदो भ्रष्टाचार नियन्त्रण तथा मुलुकको शासकीय प्रणालीमा युवाहरुको प्रभाव बढाउने नियतले गरिएको प्रदर्शनीको आहवान अनुरुप काठमाडौँ, पोखरा, चितवन, बुटबल, नवलपुर, धनगढी, महेन्द्रनगर, सुनसरी झापा मोरङ, ईलाम लगायत देशका धेरै ठाउँमा प्रदर्शन बढीरहेको खबरसँगै केहि ठाउँहरुमा हिंसात्मक घटना भैरहेको अवस्थाप्रति राज्य गम्भिर बन्नु पर्दछ ।
देश र जनताका जायज मागमा अनदेखा गर्ने र सबैलाई निषेध गर्ने आदतप्रति आत्मालोचित हुदै मृत्यु हुन पुगेका पीडितका परिवारहरुलाई क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार, अधिकार संपन्न छानबीन आयोग, दोषिमाथि कारवाही र नैतिक जिम्मेवारी वहन गर्न सरकारलाई हार्दिक आग्रह गर्दछौ ।’

 

वि.सं.२०८२ भदौ २३ सोमवार २१:२२ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...