back

हराइरहेकी साह मृत अवस्थामा फेला परिन्

वि.सं.२०७४ जेठ २७ शनिवार

411 

shares
GLOBAL IME AD
NTC AD

२७ जेठ, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित आँखा अस्पताल अगाडि बस्दै आएकी शान्तिकुमारी साह बेपत्ता भएको १५ दिनपछि शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साहलाई शुक्रबारबिहान गाईघाट स्थित आँखा अस्पताल अगाडि सडकखण्डको नालीमा मृत अवस्थामा भेटिएको हो ।

साह हराएलगत्तै साहका बुबा जयनारायण साहले प्रहरीमा १५ दिन अगाडि नै खोजी गरी पाउँ भनेर उजुरी दिएपछि शान्तिको खोजी कार्य हुँदै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

प्रहरीका अनुसार साहको हत्या भएको हुनसक्ने भएको कारण साहकै आफन्त तीन जनालाई पक्राउ गरेर अनुसन्धानसमेत सुरु गरिएको प्रहरीले बताएको छ ।

तीन वर्षअघिनै साहको तराईमा विवाह भइसकेको तर श्रीमान् भारतमा बस्दै आएको कारण शान्ति गाईघाट माइतमा बसेर नै गाईघाट आँखा अस्पताल अगाडि चटपटे तथा क्राँक्रा फलफूल बिक्री गरेर जीवनयापन गर्दै आएकी थिइन् ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०३:०९ मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...