back
CTIZAN AD

हराइरहेकी साह मृत अवस्थामा फेला परिन्

वि.सं.२०७४ जेठ २७ शनिवार

729 

shares

२७ जेठ, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित आँखा अस्पताल अगाडि बस्दै आएकी शान्तिकुमारी साह बेपत्ता भएको १५ दिनपछि शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साहलाई शुक्रबारबिहान गाईघाट स्थित आँखा अस्पताल अगाडि सडकखण्डको नालीमा मृत अवस्थामा भेटिएको हो ।

साह हराएलगत्तै साहका बुबा जयनारायण साहले प्रहरीमा १५ दिन अगाडि नै खोजी गरी पाउँ भनेर उजुरी दिएपछि शान्तिको खोजी कार्य हुँदै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

प्रहरीका अनुसार साहको हत्या भएको हुनसक्ने भएको कारण साहकै आफन्त तीन जनालाई पक्राउ गरेर अनुसन्धानसमेत सुरु गरिएको प्रहरीले बताएको छ ।

तीन वर्षअघिनै साहको तराईमा विवाह भइसकेको तर श्रीमान् भारतमा बस्दै आएको कारण शान्ति गाईघाट माइतमा बसेर नै गाईघाट आँखा अस्पताल अगाडि चटपटे तथा क्राँक्रा फलफूल बिक्री गरेर जीवनयापन गर्दै आएकी थिइन् ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०३:०९ मा प्रकाशित

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

काठमाडौँ । नयाँ वर्षको दिन सिरहाको लहानमा अवस्थित लोकनायक सलहेश...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

सुरुङ्गा (झापा) । यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट...

झापाका दुई उद्योगमा आगलागी

झापाका दुई उद्योगमा आगलागी

सुरुङ्गा (झापा) । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा...

यस्तो बन्दैछ ‘पोखरा घर’

यस्तो बन्दैछ ‘पोखरा घर’

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम...