back
CTIZAN AD

अस्पताल परिसरमा आफनै फार्मेसी सञ्चालन

वि.सं.२०७४ जेठ २७ शनिवार

783 

shares

२७ जेठ, इटहरी । नेपाल सरकारको पछिल्लो स्वास्थ्य सुधार नीतिअन्तर्गत सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालले आजदेखि अस्पताल परिसरमा आफ्नै फार्मेसी पसल सञ्चालनमा ल्याएको छ ।

सरकारको स्वास्थ्य नीतिअनुसार जिल्ला अस्पताल सुनसरीले सरकारले तोकेको निःशुल्क औषधिबाहेक चिकित्सकले सिफारिस गरेका औषधि अस्पताल परिसरमा नै बिरामीका आफन्तले सहजरुपमा खरिद गर्न सक्नेगरी फार्मेसी सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।

रु पाँच लाखको औषधि खरिद गरेर अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी सेवाको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले आज विधिवत्रुपमा शुभारम्भ गर्नुहुँदै सेवाग्राहीलाई सहजरुपमा औषधि र उपचार सेवामा पहँुच पु¥याउन सेवा प्रदायकको जिम्मेवारी र दायित्व भएको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख गौतमले अस्पतालमा आउने सेवाग्राहीको आवश्यकता र चिकित्सकको सिफारिसका आधारमा औषधि थप्दै जाने अस्पतालको नीति रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष रमेश कट्वाल, प्रहरी प्रमुख एवम् अन्य सरकारी निकायका प्रमुख समेतको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०३:१२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...