back

अस्पताल परिसरमा आफनै फार्मेसी सञ्चालन

वि.सं.२०७४ जेठ २७ शनिवार

477 

shares
IME Limited
NTC AD

२७ जेठ, इटहरी । नेपाल सरकारको पछिल्लो स्वास्थ्य सुधार नीतिअन्तर्गत सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालले आजदेखि अस्पताल परिसरमा आफ्नै फार्मेसी पसल सञ्चालनमा ल्याएको छ ।

सरकारको स्वास्थ्य नीतिअनुसार जिल्ला अस्पताल सुनसरीले सरकारले तोकेको निःशुल्क औषधिबाहेक चिकित्सकले सिफारिस गरेका औषधि अस्पताल परिसरमा नै बिरामीका आफन्तले सहजरुपमा खरिद गर्न सक्नेगरी फार्मेसी सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।

रु पाँच लाखको औषधि खरिद गरेर अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी सेवाको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले आज विधिवत्रुपमा शुभारम्भ गर्नुहुँदै सेवाग्राहीलाई सहजरुपमा औषधि र उपचार सेवामा पहँुच पु¥याउन सेवा प्रदायकको जिम्मेवारी र दायित्व भएको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख गौतमले अस्पतालमा आउने सेवाग्राहीको आवश्यकता र चिकित्सकको सिफारिसका आधारमा औषधि थप्दै जाने अस्पतालको नीति रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष रमेश कट्वाल, प्रहरी प्रमुख एवम् अन्य सरकारी निकायका प्रमुख समेतको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०३:१२ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...