back

उर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण

वि.सं.२०८२ भदौ ३० सोमवार

174 

shares
NTC AD

काठमाडौँ । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उहाँले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए ।

ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए । अब निर्माणको अभियान सुरु भएको उल्लेख गर्दै उनले विभिन्न्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो । उहाँले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए ।

“नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो ।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे ।

आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार गरेका हुन् । उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे ।

वि.सं.२०८२ भदौ ३० सोमवार १५:१५ मा प्रकाशित

ओली सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्ताव फिर्ता, उच्चस्तरिय न्यायिक जाँजबुझ आयोग गठन गरिने

ओली सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्ताव फिर्ता, उच्चस्तरिय न्यायिक जाँजबुझ आयोग गठन गरिने

काठमाडौं । सरकारले अघिल्लो सरकारले निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश...

जेनजी स्मारक पार्क बनाउने सरकारको निर्णय

जेनजी स्मारक पार्क बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्झनामा जेनजी स्मारक पार्क...

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

दमौली (तनहुँ) । तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी...

अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ ?

अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ ?

हेमन्त जोशी, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज कार्यभार...

राजनीतिमा संलग्न नहुने भन्दै डा. रुइतले भने-मन्त्री बन्ने चर्चा हल्लामात्रै

राजनीतिमा संलग्न नहुने भन्दै डा. रुइतले भने-मन्त्री बन्ने चर्चा हल्लामात्रै

काठमाडौँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश...

आयोगद्वारा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान

आयोगद्वारा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको...