back
CTIZAN AD

मेड्रिडमा अमेरिका-चीन व्यापार वार्ता सुरु

वि.सं.२०८२ भदौ ३० सोमवार

1.1K 

shares

मेड्रिड । चीन र संयुक्त राज्य अमेरिकाले सोमबार मेड्रिडमा व्यापार वार्ता पुनः सुरु गरेका छन् । दुवै देशबीच व्यापार र प्रविधिमा चर्किएको विवाद कम गर्नु वार्ताको उद्देश्य रहेको छ । विवादले दुई ठूला अर्थतन्त्रका सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा प्रतिनिधिमण्डलले वार्ताको नयाँ चरण सुरु गरेको हो । छलफल आइतबार प्रारम्भ भएको थियो र स्पेनको विदेश मन्त्रालयमा सोमबार पुनः आरम्भ भयो । बैठकहरू बुधबारसम्म चल्ने अपेक्षा गरिएको छ ।

घटनास्थलमा रहेका एएफपी पत्रकारका अनुसार सोमबार बिहानै दुवै पक्षका अधिकारीहरू मन्त्रालयको मुख्यालयमा प्रवेश गरेका देखिएका थिए ।

वार्ताको एजेन्डामा दुई कडा विषय प्रमुख छन्—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा थप भन्सार शुल्क लगाउने धम्की र वासिङ्टनले टिकटकलाई सेप्टेम्बर १७ सम्म गैर–चिनियाँ मालिकलाई बेच्नुपर्ने वा अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने माग ।

यस वर्षको सुरुतिर व्यापार तनाव तीव्र बनेको थियो । दुवै देशले एक–अर्कालाई तोकिएका सामानमा शतप्रतिशत नजिक पुग्ने गरी भन्सार शुल्क लगाएपछि आपूर्ति शृङ्खला अवरुद्ध गरेको थियो ।

तर पछि दुवै सरकारले अमेरिकी सामानमा ३० प्रतिशत र चिनियाँ निर्यातमा १० प्रतिशत भन्सार शुल्क फिर्ता लिन सहमति जनाए । यद्यपि, यो अस्थायी युद्धविराम नोभेम्बरसम्म मात्र रहनेछ ।

गत हप्ता बेइजिङले वासिङ्टनलाई ‘आपसी सम्मान र समान परामर्श’ का आधारमा विवाद समाधान गर्न आग्रह गरेको थियो ।

तर सप्ताहन्तमै चीनले अमेरिकी सेमिकन्डक्टर उद्योगमाथि अनुसन्धान सुरु गरेपछि मेड्रिड वार्ता भए पनि सम्बन्ध अझै तनावपूर्ण रहेको सङ्केत दिएको छ ।

यी छलफलहरूले वर्षको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने सम्भावित शिखर सम्मेलनको आधार तयार गर्न सक्छन् ।

त्यसअघिसम्म, वार्ताकारहरूले प्रविधि पहुँच, भन्सार शुल्क र दुर्लभ खनिज तत्व निर्यातसम्बन्धी विवाद समाधान गर्दै अस्थायी युद्धविरामलाई स्थिर राख्ने कठिन चुनौती सामना गर्नेछन् । (रासस/एएफपी)  

वि.सं.२०८२ भदौ ३० सोमवार १५:४० मा प्रकाशित

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...