back
CTIZAN AD

महालक्ष्मी विकास बैंकद्वारा आन्दोलनमा भएको क्षतिप्रति दुख व्यक्त

वि.सं.२०८२ भदौ ३० सोमवार

1.3K 

shares

काठमाडौँ । महालक्ष्मी विकास बैंकले जेनजीको आन्दोलन तथा यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको बताएको छ ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना समेत गरेको छ । साथै, उपचारार्थ रहेका सम्पुर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘उक्त घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दछ’, विज्ञप्तिमा छ ।

‘साथै शुरु भईसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ’ विज्ञििप्तमा भनिएको छ ।

बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन सकिने समेत बैंकले बताएको छ ।

बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पुर्ण १०२ शाखा कार्यालयहरु पुर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

वि.सं.२०८२ भदौ ३० सोमवार १५:५५ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...