back

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

वि.सं.२०८२ असोज १ बुधवार

186 

shares
NTC AD

गण्डकी । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो । आज प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याइने महानगरका प्रवक्ता मोती तिमल्सिनाले जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रमुख प्रशासनिक भवनसहित महानगरभित्रका अधिकांश वडा कार्यालयमा क्षति पुगेको थियो । उनका अनुसार महानगरका ३३ वडामध्ये २० वटा वडाका भवन पूर्ण रूपमा, छ वटा वडा भवन सुरक्षित र अन्य सात वटामा आंशिक क्षति पुगेको छ ।

उनका अनुसार पूर्ण रूपमा क्षतिग्रस्त भवनको वैकल्पिक व्यवस्थापन गर्दै सेवाहरू सञ्चालनमा ल्याउन लागिएको हो । यसैबीचमा कतिपय वडाका घरघरमा पुगेर पनि महानगरबाट अत्यावश्यकीय सेवाहरू प्रदान गर्न थालिएको उनले जानकारी दिए ।

मुलुकको विषम परिस्थितिका बाबजुत सकेसम्म सेवा प्रवाहलाई नरोक्ने उद्देश्यका साथ महानगरको वडा नं २५ ले घरघरमा पुगेर सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिरहेको प्रवक्ता तिमल्सिनाले बताए ।

वि.सं.२०८२ असोज १ बुधवार १४:३७ मा प्रकाशित

जनमत पार्टीका उपाध्यक्षसहितका पदाधिकारीले मागे अध्यक्षको राजीनामा

जनमत पार्टीका उपाध्यक्षसहितका पदाधिकारीले मागे अध्यक्षको राजीनामा

काठमाडौँ । जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके...

२०औँ एसियाली खेलकुद (एसियाड) का लागि  ४३४ खेलाडीको नाम दर्ता

२०औँ एसियाली खेलकुद (एसियाड) का लागि ४३४ खेलाडीको नाम दर्ता

काठमाडौँ । जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने...

आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार

आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार

मुग्लिन (चितवन) । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन...

बिल बिना सुनका गरगहना किनबेच नगर्न प्रहरीको अनुरोध

बिल बिना सुनका गरगहना किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान...

कर्णाली राजमार्ग सञ्चालन

कर्णाली राजमार्ग सञ्चालन

मान्म (कालीकोट)। जिल्लाको शुभकालिका(१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको...

जेल तोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु

जेल तोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको...